Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोशीमा सवारी चालकको निरोगिताको प्रमाणपत्र लिन थप शुल्क तिर्नुपर्ने

कोशीमा सवारी चालकको निरोगिताको प्रमाणपत्र लिन थप शुल्क तिर्नुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशीमा सवारी चालकको निरोगिताको प्रमाणपत्र लिन थप शुल्क तिर्नुपर्ने

विराटनगर । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्र लिन सेवाग्राहीले थप शुल्क तिर्नुपर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करारमा चिकित्सक नियुक्त गरेर प्रमाणपत्र दिने व्यवस्था हटाई सूचीकृत चिकित्सकमार्फत सेवा प्रदान गर्ने नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको हो। हाल कोशी प्रदेशमा निरोगिताको प्रमाणपत्र लिन ३५० रुपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था छ। नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीले उक्त राजस्वसँगै चिकित्सकलाई थप १५० रुपैयाँ शुल्क पनि बुझाउनुपर्नेछ। यससँगै प्रमाणपत्र लिन लाग्ने कुल खर्च ५०० रुपैयाँ पुग्नेछ। यसअघि निरोगिताको स्वास्थ्य परीक्षणका नाममा घुस लिने र प्रमाणपत्र जारी गर्दा सेवाग्राहीसँग बढी रकम असुल्ने गरेको गुनासो आएपछि प्रदेश सरकारले करिब दुई वर्षअघि करारमा चिकित्सक नियुक्त गरेर सेवा दिन थालेको थियो। सेवाग्राहीको चाप बढी हुने इटहरी र बिर्तामोडलगायतका यातायात व्यवस्था कार्यालयमा दुई–दुई जना तथा अन्य कार्यालयमा एक–एक जना चिकित्सकले सेवा दिँदै आएका थिए। मन्त्रालयका अनुसार अब करारका चिकित्सक हटाएर सूचीकृत चिकित्सकमार्फत निरोगिताको प्रमाणपत्र दिने व्यवस्था गर्न लागिएको छ। यसका लागि प्रमाणपत्र जारी गर्न इच्छुक चिकित्सकका कम्पनीलाई सूचीकृत हुन मन्त्रालयले आह्वान गरेको छ। सूचीकृत चिकित्सकले सेवाग्राहीबाट १५० रुपैयाँ शुल्क लिनेछन् भने प्रदेश सरकारलाई ३५० रुपैयाँ राजस्व पनि बुझाउनुपर्नेछ। मन्त्रालयका सचिव कृष्ण सापकोटाले संघीय सरकारको परिपत्रअनुसार नयाँ व्यवस्था लागू गर्न लागिएको बताए। उनका अनुसार संघीय सरकारले सूचीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र दिने व्यवस्था गर्न निर्देशन दिएपछि प्रदेश सरकारले पनि सोहीअनुसार प्रक्रिया अघि बढाएको हो। तर, प्रदेशको आर्थिक ऐनमा प्रमाणपत्र जारी गर्दा ३५० रुपैयाँ राजस्व लिने व्यवस्था रहेकाले नयाँ प्रणाली लागू हुँदा सेवाग्राहीलाई थप आर्थिक भार पर्ने सचिव सापकोटाले बताए। नयाँ व्यवस्थालाई लिएर भने विरोधसमेत सुरु भएको छ। सरकारले एमबीबीएस चिकित्सकको परामर्श शुल्क ४२० रुपैयाँ तोकेको अवस्थामा निरोगिताको प्रमाणपत्र जारी गर्ने चिकित्सकका लागि ५० रुपैयाँ मात्र दस्तुर तोकिएको भन्दै आलोचना भइरहेको छ। पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले प्रदेशसभामा बोल्दै नयाँ व्यवस्थाले निरोगिताको प्रमाणपत्रका नाममा सेवाग्राहीबाट रकम असुल्ने अवस्था सहज बनाउन सक्ने बताएका छन्। उनले यो व्यवस्थाले सेवाग्राहीलाई थप आर्थिक भार पार्ने र अनियमितताको जोखिम बढाउन सक्ने आशंका व्यक्त गरेका छन्। The post कोशीमा सवारी चालकको निरोगिताको प्रमाणपत्र लिन थप शुल्क तिर्नुपर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
ताजा खबरJust now

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्‌बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्‍याएको छ ...

केन्द्रबिन्दु
रुसको डिजेल निर्यात ७७ प्रतिशत घट्यो, विश्वभर इन्धन सङ्कट बढ्ने जोखिम
ताजा खबरJust now

रुसको डिजेल निर्यात ७७ प्रतिशत घट्यो, विश्वभर इन्धन सङ्कट बढ्ने जोखिम

काठमाडौँ । रुसका तेल प्रशोधन केन्द्र र निर्यात संरचनामाथि युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि विश्व बजारमा डिजेलको आपूर्ति प्रभावित भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वले पनि इन्धन आपूर्तिमा दबाब बढाएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा डिजेलको उपलब्धता घट्ने र मूल्य उच्च रहने जोखिम बढाएको छ । रिपोर्ट अनुसार, रुसको डिजेल निर्यात गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा करिब ७७ प्रतिशत घटेको छ। व्यापारसम्बन्धी ...

कर्पोरट खबर
बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध
ताजा खबरJust now

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध

काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै ...

नेपालन्युज
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
ताजा खबरJust now

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्‌बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ। बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो। असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्‍याएको छ। धेरै बस्ती पहिरोको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play