Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग आज बिदाइ भेटघाट गरेका छन् । २०७८ साल कात्तिक २५ गते कार्यभार सम्हाल्नुभएका प्रदेश प्रमुख खापुङ यही २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् । बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उनले पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको थियो । मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनका बीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै संघीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार व्यक्त गरे । मुख्यमन्त्री कार्कीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन खेलेको भूमिकाप्रति पनि आभार व्यक्त गरे । भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छः पूर्वमन्त्री भुसाल
PoliticsJust now

पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छः पूर्वमन्त्री भुसाल

ललितपुर, कात्तिक १५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले जनताको समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।सो प... ...

गोरखापत्र
नयाँ पुस्तामा सामाजिक मूल्य मान्यता कमजोर हुँदै गएको छ: महासचिव पोखरेल
Politics11m ago

नयाँ पुस्तामा सामाजिक मूल्य मान्यता कमजोर हुँदै गएको छ: महासचिव पोखरेल

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक १५ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्तामा सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता कमजोर हुँदै गएको बताउनुभएको छ । आमाबाबुबाट... ...

गोरखापत्र
जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
Politics58m ago

जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरालाई ९ रनले पराजित गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए ...

फरकधार
राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?
Politics1h ago

राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?

 स्वस्थ रहन पर्याप्त पानी पिउनु आवश्यक मानिन्छ । तर, राति सुत्नुअघि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ कि हानिकारक भन्ने विषयमा धेरैलाई अन्योल हुने गरेको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार राति सुत्नुअघि थोरै पानी पिउनु सामान्यतया हानिकारक हुँदैन । यसले शरीरमा पानीको कमी हुन नदिन मद्दत गर्छ । तर, सुत्नुअघि धेरै पानी पिउँदा राति पटक–पटक पिसाब फेर्न उठ्नुपर्ने हुन सक्छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play