नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरालाई ९ रनले पराजित गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन जोडे । जनकपुरका मोइन अलीले ३ विकेट लिए भने कप्तान हर्मीत सिंह र सैफ ह...
जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित

Read Complete Original Article
Published originally on फरकधार






