Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृत्यु

कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृत्यु

बोगोटा।कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ। नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहर नजिकै दुर्घटना भएको जनाएको छ। घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई पुनः उजागर गरेको सरकारले बताएको छ। तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दुईवटा खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले उल्लेख गरेको छ। घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको छ। नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसबाट पूरै परिवार प्रभावित भएको बताएका छन्। कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौं साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा छन्। उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्व सदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय रहेको बताइएको छ। कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पुर्‍याउन अवरोध नगर्न आग्रह गरेको छ। “हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपतकालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ”, कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ। –रासस/एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जटिल प्रसूति समस्या देखिएपछि जाजरकोटकी १७ वर्षीया किशोरीको सेनाद्वारा हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति समस्या देखिएपछि जाजरकोटकी १७ वर्षीया किशोरीको सेनाद्वारा हवाई उद्धार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पु¥याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ। निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक ...

केन्द्रबिन्दु
कर्णाली याक्सका ज्ञानेन्द्र मल्ललाई प्रश्न- उपाधि जित्ने रणनीति त बनाउनुभयो, तयारी कस्तो छ? (भिडिओ)
ताजा खबरJust now

कर्णाली याक्सका ज्ञानेन्द्र मल्ललाई प्रश्न- उपाधि जित्ने रणनीति त बनाउनुभयो, तयारी कस्तो छ? (भिडिओ)

कर्णाली याक्स यो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्ने रणनीतिमा मैदान उत्रिने तयारीमा छ।  एनपीएलका लागि काठमाडौमा तयारी गरिरहेको कर्णालीले अहिलेसम्म ३ जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।  कर्णाली याक्सका क्रिकेट निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल यसपालि ३ जना विदेशी खेलाडी अनुबन्ध गर्ने बताउँछन्।  स्याङसनको कारणले खेलाडी अनुबन्ध... ...

नेपालखबर
महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका
ताजा खबरJust now

महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका

धनगढी। महाकाली नदी पारिको नेपाल अर्थात् कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकालाई बर्सेनि बाढीले सताउने गर्दछ । वर्षायाममा नदीको पानी बढेपछि यहाँका मानिसको जीवन पनि पानीसँगै अस्थिर हुन्छ । खेत डुब्छ, बाटो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play