कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

सियोल । उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु समेटिएको भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री हुने गेम बनेको छ । वास्तविक जीवनमा दुई कोरियाबीचको सीमा तनाव बढिरहेका बेला सार्वजनिक भएको यो गेमले त्यहाँका खेलाडीको ध्यान खिचेको छ । शुक्रबार सार्वजनिक भएको लोकप्रिय ‘कल अफ ड्युटी’ शृङ्खलाको पछिल्लो संस्करण विश्वव्यापी तथा दक्षिण कोरियाली बिक्री सूचीमा शीर्ष स्थानमा पुगेको छ । पीसी गेमको प्रमुख डिजिटल वितरण प्लेटफर्म ‘स्टीम’ का अनुसार, गेमले दुवै बजारमा राम्रो प्रदर्शन गरेको छ । गेमको कथावस्तुमा अमेरिकी र रुसी तनावसँगै उत्तर कोरियाको सत्ता सङ्घर्ष र दक्षिण कोरियामाथिको आकस्मिक आक्रमणलाई प्रस्तुत गरिएको छ । कथाको सुरुआत उत्तर कोरियाली सेनाले प्याराट्रुपर र भूमिगत सुरुङ प्रयोग गरी दक्षिण कोरियाली तथा अमेरिकी सेनामाथि आक्रमण गरेपछि हुन्छ । खेलाडीले युवा अमेरिकी तथा दक्षिण कोरियाली सैनिक र उत्तर कोरियाका नयाँ नेतासहित विभिन्न पात्रको भूमिका निर्वाह गर्न सक्छन् । गेम सार्वजनिक हुनुअघि कोरियाली सैन्यविहीन क्षेत्र (डीएमजेड) मा भएको विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक घाइते भएका थिए । यस घटनाले दुई देशबीचको तनाव थप बढाएको छ । दक्षिण कोरियामा अनिवार्य सैन्य सेवा गर्नुपर्ने व्यवस्थाका कारण पनि गेमको कथावस्तुले विशेष चासो जगाएको छ । सामाजिक सञ्जालमा केही खेलाडीले गेमको प्रशंसा गरेका छन् भने अरूले यसले सम्भावित युद्धको भयावह चित्र प्रस्तुत गरेको बताएका छन् । ‘थ्रेड्स’ का एक प्रयोगकर्ताले गेम खेल्दा कोरियाली युद्धमा सहभागी आफ्ना हजुरबुबाको सम्झना आएको बताएका छन् । अर्का प्रयोगकर्ताले उत्तर कोरियाले वास्तविक आक्रमण गरेमा दक्षिण कोरियाको सीमावर्ती क्षेत्र ग्याङवोन र राजधानी सियोलसमेत जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यद्यपि, दुई कोरियाबीचको पीडादायी इतिहास र वर्तमान शत्रुतालाई मनोरञ्जनको विषय बनाइएको भन्दै गेमको आलोचना पनि भएको छ । ‘किम डे जुङ पिस सेन्टर’का अध्यक्ष किम सुङ–जेले यसले कोरियाली युद्धको त्रासदीलाई खेलका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको बताएका छन् । यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले गत साता प्योङयाङमा आयोजित सैन्य बैठकमा आफ्नो सेनालाई विश्वकै सबैभन्दा शक्तिशाली बनाउन निर्देशन दिएका छन् । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएकाले दुई देश प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छन् । दक्षिण कोरियामा उत्तर कोरियाको आणविक क्षमताबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न अमेरिकाले करिब २८ हजार सैनिक तैनाथ गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म ... ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् । नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका ३ वटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो । […] ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी... ...

पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्यले छोयो आकाश
पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्य ह्वात्तै बढेको छ। ...


