Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ (नयाँ) सदस्यका रूपमा साहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरे । विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तरराष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै कोप–३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने उद्देश्यले अर्थमन्त्री डा वाग्लेसँग पाँच जना प्रभावशाली जलवायु दूतहरूको छलफल भएको छ । उनीसँग बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्रसङ्घीय महासचिवका दूत सेल्विन हार्टसँग छलफल भएको सचिवालयले जनाएको छ । हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएको छ भने जेनेभास्थित विश्व मौसम(विज्ञान सङ्गठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रमलाई विशेष सम्बोधन गरेका थिए । जलवायु र अर्थशास्त्रमा ख्याति कमाउनु भएका प्रा योहान रक्स्त्रम र प्रा निकलस स्टर्नसँग समेत अर्थमन्त्रीले भेटघाट गरे । उनले न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिए भने सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा अर्थमन्त्रीलगायत विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएको उनको सचिवालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्नपूर्ण क्षेत्रमा अक्टुबरमा भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक
Latest NewsJust now

अन्नपूर्ण क्षेत्रमा अक्टुबरमा भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत अक्टुबर महिनामा ४१ हजार ७५८ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ४ हजार ६८२ ले बढी हो । गत वर्ष अक्टुबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबर र नोभेम्बरमा पर्यटकको सङ्ख्या […] ...

लोकपथ
अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको विश्व कीर्तिमान
Latest NewsJust now

अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको विश्व कीर्तिमान

काठमाडौं । चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् । यो प्रयोग चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड एटम फिजिक्स ¥याकमा गरिएको हो । चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) र बेइजिङ विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त टोलीले उक्त ...

हिमालय टाइम्स
एक महिनामा ४१ हजार बढीले घुमे अन्नपूर्ण क्षेत्र
Latest NewsJust now

एक महिनामा ४१ हजार बढीले घुमे अन्नपूर्ण क्षेत्र

मुख्य पर्यटकीय याम अक्टुबरमा अघिल्लो वर्षभन्दा बढी पर्यटकको आगमनले अन्नपूर्ण क्षेत्रका पदमार्ग र गन्तव्यमा चहलपहल बढेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play