कैलालीमा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट, चार जना पक्राउ

कैलाली । कैलालीको भजनीमा बोक्सीको आरोप लगाउँदै ५६ वर्षीया महिला र उनकी नातिनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–५, मिलनपुरका कृष्ण डगौरा, राजु डगौरा, राजन डगौरा र उर्मिला डगौरा रहेका छन्। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार मंगलबार राति करिब ९ बजे चारै जना महिलाको घरमा पुगेका थिए। उनीहरूले सीतादेवी डगौरा (नाम परिवर्तन) लाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नुका साथै उनकी नातिनीलाई समेत कुटपिट गरेको जाहेरीमा उल्लेख छ। कुटपिटबाट महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि पीडितले बुधबार इलाका प्रहरी कार्यालय भजनीमा बोक्सीको आरोपसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले चारै जनालाई उनीहरूकै घरबाट पक्राउ गरेको हो। प्रहरीले आरोपितहरूविरुद्ध बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

'इनर्जी ड्रिङ्क्स' सेवन नगर्न विभागको आग्रह
गर्भवती तथा सुत्केरी महिला, मधुमेहका रोगी र क्याफिनप्रति संवेदनशील व्यक्तिहरूलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न विशेष आग्रह गरेको छ। ...

इनर्जी ड्रिङ्क्समा अत्याधिक क्याफिन- बालबालिका, गर्भवती र सुत्केरीलाई सेवन नगर्न सुझाव
काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ । विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो । विभागले इनर्जी ड्रिङ्क्स सेवन गर्न मिल्ने […] ...

झापामा खैरो हेरोइनसहित दुई जना पक्राउ
• झापाको सालमारामा प्रहरीले १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। • पक्राउ पर्नेमा ३६ वर्षीय नसिम अख्तर मियाँ र ३० वर्षीय सलमान मियाँ रहेका छन्। • प्रहरीले बरामद गरिएको लागू औषध र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। ...

हिमपात र भारी वर्षाको सम्भावित जोखिमपछि मनाङमा माइकिङ
मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १५ गतेसम्म हल्कादेखि भारी वर्षा र हिमपात हुन सक्ने जनाएपछि प्रहरीले नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दा, यात्रु तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरेको हो । ...


