केपी ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिए, आज बालेनले एनपीएल उद्घाटन गरे : चन्द्र भण्डारी

काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना व्यक्त गर्दै व्यक्ति परिवर्तन भए पनि संस्था र विचार जीवित रहनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एनपीएलको तेस्रो संस्करणको उद्घाटन र प्रधानमन्त्री बालेन शाहको प्रसङ्ग जोड्दै उहाँले नेपाली कांग्रेसले प्रजातान्त्रिक घर निर्माण गरे पनि धेरै व्यक्तिलाई गुमाएको उल्लेख गर्नुभएको छ । उपसभापति भण्डारीले केपी शर्मा ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिनुभएको र अहिले प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै राजनीतिक नेतृत्व र संस्थाको निरन्तरताबारे टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘कांग्रेसले प्रजातान्त्रिक घर बनायो, धेरै व्यक्ति कांग्रेसले गुमायो । जहाँ बालेन प्रधानमन्त्री बन्ने अवसर पाए । केपी ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिए, आज बालेनले एनपीएल उद्घाटन गरे ।’ टुँडिखेलमा दुबो रोपिएको र कांग्रेसले स्वच्छ ठाउँमा अधिवेशन सम्पन्न गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले संस्थाभित्रको अवस्था र त्यसको संरक्षणबारे पनि टिप्पणी गर्नुभएको छ । भण्डारीले देश र प्रजातान्त्रिक संस्थाहरू जनताका लागि भएको उल्लेख गर्दै संस्थालाई बलियो बनाउनु आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘बुझ्नुपर्ने कुरा यही हो-देश बन्यो जनताका लागि, प्रजातान्त्रिक घर बन्यो जनताका लागि ! प्रजातान्त्रिक घरभित्र व्यक्तिका इच्छाअनुसार कोठाहरू फरक हुन सक्छन्, समय र आवश्यकताअनुसार अतिथि आउन, जान सक्छन्; तर घर बलियो भए मात्र सबैका अवसर सुरक्षित हुन्छन्।’ उहाँले व्यक्ति र नेतृत्व परिवर्तन भइरहने भए पनि संस्था र विचारको निरन्तरता महत्त्वपूर्ण हुनेमा जोड दिनुभएको छ । ‘अतिथि आउँछन्, जान्छन्; संस्था र विचार जीवित रहनुपर्छ,’ उहाँले भन्नुभएको छ । साथै, उपसभापति भण्डारीले एनपीएलको सफलताका लागि मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

सडक पुग्नुअघि नै हुम्लामा पुग्यो डिजिटल सञ्जाल
दसैँको घटस्थापनाका दिन दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको पसलमा क्यूआर कोडमार्फत सामानको भुक्तानी गर्ने ग्राहकको बाक्लै भीड थियो। केही वर्षअघिसम्म नगदबिनाको कारोबार कल्पना गर्नसमेत कठिन थियो। रकम अभाव हुँदा सामान उधारो दिने वा आपसी विश्वासका आधारमा कारोबार चलाउने प्रचलन थियो। तर अहिले स्मार्टफोन र इन्टरनेटको पहुँचले त्यही दृश्य पूर्ण रूपमा बदलिएको छ। व्यवसायी शाहीका अनुसार डिजिटल सञ्जालले व्यापारलाई निकै ...

भारतमा अर्थमन्त्रीले सीमा नाघे, दीर्घकालीन सम्बन्धको उपहास गर्दै चाकडीपूर्ण ब्यवहार गरे : राजेश हमाल
काठमाडौं, कात्तिक ९ । चर्चित अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा बाहिर गएर नेपाल–भारत सम्बन्धबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आक्रोश पोख्नुभएको छ । नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हमालले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र परराष्ट्र नीतिको मर्यादा कायम नराखेको भन्दै सचेत पनि गराउनु भएको छ ...

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
गण्डकी – प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग सोमबार भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रसँग […] ...

अमेरिकी मतदाता तथ्याङ्कमा क्लाउड एआईको अनधिकृत पहुँच
एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ । नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो । एक्सियोसका अनुसार, एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लाउडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्क पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा ...


