Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

के माइक्रोसफ्टले हालै भएको सेवा अवरुद्ध वापत् क्षतिपूर्ति दिन्छ? यस्तो छ कम्पनीको नीति

Share:WhatsAppFacebookX (Twitter)Telegram
के माइक्रोसफ्टले हालै भएको सेवा अवरुद्ध वापत् क्षतिपूर्ति दिन्छ? यस्तो छ कम्पनीको नीति
Photo / Coverage: टेक्नोलोजी खबर

माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरुद्ध भएपछि प्रभावित ग्राहकले थप सेवा क्रेडिट पाउन योग्य छन् कि छैनन् भन्नेबारे कम्पनीका नीतिहरूको समीक्षा गरिरहेका छन्। कम्पनीले सेवा पुनः सञ्चालन गर्ने र अवरोधको कारण पत्ता लगाउने काम गरिरहेका बेला प्रभावित ग्राहकले क्षतिपूर्ति पाउन सक्ने वा नसक्ने विषयमा चर्चा भइरहेको छ। रेडिटका एक प्रयोगकर्ताले लेखेका छन्, “आजको सेवा अवरोधका लागि माइक्रोसफ्टले तपाईंलाई पैसा तिर्नुपर्छ।” उनले माइक्रोसफ्टको सेवा स्तर सम्झौता (एसएलए) अनुसार कम्पनीले एक महिनामा ४४ मिनेटसम्म सेवा अवरुद्ध हुन सक्ने व्यवस्था गरेको उल्लेख गरेका छन्। यसको अर्थ सेवा ४४ मिनेटभन्दा बढी समय अवरुद्ध भएमा कम्पनीले मासिक सेवा शुल्कको २५ प्रतिशत बराबरको क्रेडिट र सात घण्टाभन्दा बढी सेवा उपलब्ध नभएमा ५० प्रतिशत क्रेडिट दिनुपर्ने हुन्छ। “माइक्रोसफ्टले यो क्रेडिट स्वतः उपलब्ध गराउँदैन। यसका लागि आफैँले माग गर्नुपर्छ,” ती प्रयोगकर्ताले थपेका छन्। नोभेम्बर १२ मा सुरु भएको सेवा अवरोधका कारण माइक्रोसफ्ट ३६५, कोपाइलट, आउटलुक, टिम्सलगायतका सेवाहरू प्रभावित भएका थिए। क्षतिपूर्ति कसरी पाइन्छ? साइबरन्युजका अनुसार रेडिटका ती प्रयोगकर्ताले सेवा कहिले बन्द भयो, कहिले पुनः सञ्चालन भयो र कति प्रयोगकर्ता प्रभावित भए भन्ने विवरण टिपेर राख्न सुझाव दिएका छन्। तर क्षतिपूर्ति दाबी गर्दा यी विवरण मात्रै पर्याप्त नहुन सक्छन्। माइक्रोसफ्टको सेवा स्तर सम्झौता (एसएलए) ले कम्पनीले आफ्ना सशुल्क सेवामा कति समय सेवा उपलब्ध गराउने भन्ने प्रतिबद्धता निर्धारण गर्छ। सामान्यतया यस्तो प्रतिबद्धता ९९.९ प्रतिशत वा सोभन्दा बढी हुन्छ। एसएलए सशुल्क ग्राहकका लागि लागू हुन्छ। त्यसैले व्यवसाय, सरकारी निकाय र शैक्षिक संस्थाहरूले यसअन्तर्गत क्षतिपूर्ति दाबी गर्न सक्छन्। क्लाउड सोलुसन प्रोभाइडर (सीएसपी) मार्फत सेवा लिने सशुल्क ग्राहक पनि यसमा पर्छन्। यद्यपि, क्षतिपूर्तिका सर्तहरू सम्बन्धित सेवाअनुसार फरक हुन सक्छन्। माइक्रोसफ्टले सन् २०२६ नोभेम्बर १ मा सार्वजनिक गरेको ‘माइक्रोसफ्ट अनलाइन सेवाका लागि सेवा स्तर सम्झौता’ मा यसबारे उल्लेख गरिएको छ। व्यक्तिगत प्रयोगकर्ताले क्षतिपूर्ति पाउने वा नपाउने कुरा उनीहरूले लिएको सदस्यता र प्रयोग गर्ने सेवामा निर्भर गर्छ। उदाहरणका लागि, माइक्रोसफ्ट ३६५ पर्सनल र फ्यामिली सदस्यतालाई माइक्रोसफ्ट ३६५ बिजनेस सदस्यतासरह मानिँदैन। त्यसैले व्यक्तिगत र पारिवारिक सदस्यतामा कम्पनीको एसएलए लागू हुँदैन। तर माइक्रोसफ्ट ३६५ बिजनेस सदस्यताअन्तर्गत सेवा प्रयोग गर्ने ग्राहकको हकमा भने सम्बन्धित संस्थाले क्षतिपूर्तिका लागि दाबी पेस गरेमा क्रेडिट पाउन सक्ने सम्भावना हुन्छ। क्षतिपूर्ति पाउन योग्य भए पनि प्रयोगकर्ताले नगद फिर्ता पाउने छैनन्। उनीहरूले भविष्यमा माइक्रोसफ्टका सेवाहरू प्रयोग गर्न मिल्ने क्रेडिट प्राप्त गर्नेछन्। माइक्रोसफ्टको सेवा अवरोधबारे पछिल्लो जानकारी माइक्रोसफ्टबाट यसअघि पनि यस्तै क्षतिपूर्ति पाएको अनुभव कसैसँग छ कि छैन भन्नेमा केही प्रयोगकर्ताले चासो देखाएका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “अघिल्लो पटक मैले ९०० डलर बराबरको क्रेडिट पाएको थिएँ। त्यसका लागि तीन महिना लाग्यो र धेरै पटक इमेलमार्फत ताकेता गर्नुपर्‍यो। तर अन्ततः क्रेडिट पाएँ।” यद्यपि, धेरै प्रयोगकर्ताको चासो क्षतिपूर्तिभन्दा पनि सेवा पुनः सञ्चालन हुने विषयमा थियो। रेडिटका एक प्रयोगकर्ताले लेखेका छन्, “आजै सेवा पुनः सञ्चालन हुन्छ भन्ने तपाईंको अनुमान साहसिक रहेछ।” सेवा अवरुद्ध भएको १२ घण्टाभन्दा बढी समय बितिसक्दा माइक्रोसफ्टले समस्या समाधान गर्ने प्रयासमा “सीमित सफलता” प्राप्त भएको जनाएको थियो। सेवा अवरुद्ध हुनुको सम्भावित कारणबारे कम्पनीले आफ्नो सेवा स्थिति पृष्ठमा यस घटनामा कुनै दुर्भावनापूर्ण गतिविधि भएको जानकारी नरहेको बताएको छ। साथै, समस्या पूर्ण रूपमा समाधान भएपछि घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। The post के माइक्रोसफ्टले हालै भएको सेवा अवरुद्ध वापत् क्षतिपूर्ति दिन्छ? यस्तो छ कम्पनीको नीति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह
TechnologyJust now

एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह

कृत्रिम बुद्धिमता (एआई) को सहयोगमा तयार पारिएका गीत र तिनका सर्जकलाई सम्मान गर्न अमेरिकामा शुक्रबार पहिलो पटक एआई म्युजिक अवार्ड समारोह आयोजना गरिएको छ। एआईको प्रयोगबाट संगीत सिर्जना गर्ने विषयले आलोचना र कानुनी विवाद निम्त्याइरहेका बेला यस्तो संगीतले लाखौँ पटक स्ट्रिमिङ पाउनुका साथै संगीत चार्टमा समेत स्थान बनाउन थालेको छ। लस एन्जलसको डाउनटाउनमा आयोजित समारोहमा प्रस्तोता र पुरस्कार विजेताहरूले एआईबाट तयार ...

टेक्नोलोजी खबर
जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ?
TechnologyJust now

जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ?

अमेरिकाका क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूले जटिल सञ्चार सञ्जालमार्फत एकअर्कासँग सम्पर्क गर्छन्। यो सञ्जाल देशकै सबैभन्दा ठूलो दूरसञ्चार प्रणालीमध्ये एक हो। हवाई उड्डयन विज्ञका अनुसार शुक्रबार देखिएको जस्तो समस्या र देशभरका उडान घण्टौँसम्म रोक्नुपर्ने अवस्थाले व्यापक असर पार्न सक्छ। उडान मार्ग परिवर्तन गर्न बाध्य भएका एयरलाइन्सको सेवा आइतबार रातिसम्म पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने संघीय अधिकारीहरूले अनुमान गरेका छन्। अमेरिकाको संघीय उड्डयन ...

टेक्नोलोजी खबर
एन्ड्रोइड फोनमा लुकेको ‘टास्क म्यानेजर’ कसरी हेर्ने? यस्तो छ तरिका
TechnologyJust now

एन्ड्रोइड फोनमा लुकेको ‘टास्क म्यानेजर’ कसरी हेर्ने? यस्तो छ तरिका

एन्ड्रोइड स्मार्टफोनमा पनि कम्प्युटरमा जस्तै ब्याकग्राउन्डमा चलिरहेका एप तथा प्रक्रियाहरू हेर्न सकिने सुविधा छ। तर यो सुविधा प्रयोग गर्न पहिले फोनमा डेभलपर मोड सक्रिय गर्नुपर्छ। यसबाट कुन एपले कति र्‍याम प्रयोग गरिरहेको छ भन्ने जानकारी लिन सकिन्छ। कम्प्युटर प्रयोगकर्ताका लागि टास्क म्यानेजर नौलो सुविधा होइन। यसबाट कम्प्युटरमा चलिरहेका प्रोग्राम, ब्याकग्राउन्ड प्रक्रिया र तिनले प्रयोग गरिरहेको मेमोरी हेर्न सकिन्छ। यस्तै सुविधा एन्ड्रोइड ...

टेक्नोलोजी खबर
ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने
TechnologyJust now

ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने

टिपस्टर डिजिटल च्याट स्टेसनले ओप्पोले चाँडै सार्वजनिक गर्ने तयारी गरेका विभिन्न फ्ल्यागसिप उत्पादनबारे विवरण सार्वजनिक गरेका छन्। यी उत्पादनमा पकेट गिम्बल क्यामेरा, वाइड स्क्रिन फोल्डेबल फोन र १६:९ डिस्प्ले भएको फराकिलो बार शैलीको फ्ल्यागसिप फोन रहनेछन्। लीक भएको जानकारीअनुसार ओप्पोको पकेट गिम्बल क्यामेरा यस वर्षको अन्त्यसम्ममा सार्वजनिक हुनेछ। यस क्यामेराको कोडनेम ‘फुयाओ’ रहेको बताइएको छ। यसअघि सार्वजनिक भएका विभिन्न विवरणअनुसार उक्त गिम्बल ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play