Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंमा छठको रौनक बढ्दो

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा छठको रौनक बढ्दो
Photo / Coverage: नेपालन्युज

काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने महापर्व छठ आज सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य अर्पण गरेका छन्। छठ पर्वको मुख्य विधिअनुसार गाईको दूध, फूल र जलले सूर्यदेवलाई अर्घ्य दिएपछि पर्वको समापन हुने धार्मिक मान्यता छ। यसअघि हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू रातभर नदी, पोखरी तथा तालका किनारमा जाग्राम बसेका थिए। हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिन राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीघाट पुगेका थिए। त्यसैगरी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकी थिइन्। काठमाडौंका विभिन्न नदी, पोखरी तथा जलाशयमा छठ मनाउनेको उपस्थिति बढ्दै गएको छ। पछिल्लो समय काठमाडौंमा पनि छठ पर्वको रौनक र भव्यता थपिँदै गएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय हुने उल्लेख छ। छठको विधिअनुसार व्रतालुहरू सूर्योदय हुनुअघि नै कम्मरमुनिको भाग पानीमा डुबाएर सूर्य उदाउने प्रतीक्षामा बस्ने गर्छन्। उदाउँदो सूर्यको दर्शन गर्दै अर्घ्य अर्पण गरेपछि व्रत सम्पन्न हुन्छ। छठ पर्वको समापनसँगै आज विभिन्न छठ घाटमा श्रद्धालुहरूलाई प्रसाद वितरण गरिँदैछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जम्बो कार्यसमिति : कम्युनिस्टकै बाटोमा कांग्रेस
Latest NewsJust now

जम्बो कार्यसमिति : कम्युनिस्टकै बाटोमा कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेस पार्टी स्थापना हुँदाखेरि पार्टी सभापतिको मात्रै निर्वाचन हुन्थ्यो, बाँकी कार्यसमितिका सबै पदमा सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा थियो । धेरै लामो समय (झन्डै आठौँ–नवौँ महाधिवेशन)सम्म पनि... ...

रातोपाटी
धनुषामा छठघाट कुरेर बसेका ६० वर्षीय वृद्ध मृत फेला
Latest NewsJust now

धनुषामा छठघाट कुरेर बसेका ६० वर्षीय वृद्ध मृत फेला

• धनुषामा छठघाटमा पूजा सामग्री कुरेर बसेका ६० वर्षीय रामजतन यादव शंकास्पद अवस्थामा मृत फेला परेका छन्। • मृतकको गालामा चोटको निशान र रगत देखिएको छ, र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। • मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। ...

नेपालबहस
कालीमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य आज पनि उस्तै
Latest NewsJust now

कालीमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य आज पनि उस्तै

हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कात्तिक ३० गते सोमबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य तोकेको छ। आज पनि कालीमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य उस्तै देखिएको छ। हेर्नुहोस् मूल्य सूची- कृषि उपज न्यूनतम अधिकतम औसत         ... ...

नेपालखबर
चाडबाडको ऋण तिर्न नदी किनारतिर
Latest NewsJust now

चाडबाडको ऋण तिर्न नदी किनारतिर

अमरराज नहर्कीतनहुँ, कात्तिक ३० गते । दसैँ र तिहारमा लागेको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० का बोटे समुदायका सदस्य आइतबार सुन खोज्न नदी किनारतर्फ लागेका छन् । चाडपर्व मनाउन साहु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play