Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कृषि पढ्दै फूलखेतीमा रमाए युवा, तिहारमै लाखौ‌ आम्दानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषि पढ्दै फूलखेतीमा रमाए युवा, तिहारमै लाखौ‌ आम्दानी
Photo / Coverage: नेपालन्युज

बाँके।कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर चार लाखभन्दा बढी आम्दानी गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर सो रकम आर्जन गरेका हुन्। उनीहरूले उत्पादन गरेको सबै फूल बिक्री भइसकेको छ। नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको ११ क्विन्टल फूल उत्पादन गरेर चार लाखभन्दा बढी आम्दानी भएको युवा व्यावसायी असिम सिग्देलले जानकारी दिए। उनले आफूहरूले उत्पादन गरेको सबै फूल सकिएपछि पनि फूलको माग नसकिएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको उल्लेख गरे। फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यस पटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए। उनले यस पटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताए। अर्का व्यवसायी चेतन केसीले भाइटीकाअघि नै उत्पादन गरेको सबै ११ क्विन्टल फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि दाङबाट दुई क्विन्टल फूल ल्याएर बेचेको उल्लेख गरे। उनले यस पटक बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएकाले त्यता पनि पठाइएको बताए। अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहेनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने कुरा फूलखेतीले प्रमाणित गरेको बताए। उनले ४०० रुपैंयाँ किलोमा फूल बिक्री गरेको जनाउँदै अझै पनि माग भइरहेको सुनाए। बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ। जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताइन्। उनका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ। पहिलो पटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको छ। फूलखेती गरेका किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री
Latest NewsJust now

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ। ...

कान्तिपुर
कालीमाटीमा लोकल गोलभेँडाको भाउ किलोको २५, काउलीको ३२
Latest NewsJust now

कालीमाटीमा लोकल गोलभेँडाको भाउ किलोको २५, काउलीको ३२

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज धेरैजसो तरकारी तथा फलफूल हिजोअस्तीकै मूल्यमा किनबेच छ।  कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।  त्यसैगरी रातो आलु लाम्चो... ...

नेपालखबर
फाल्गुनन्दका विचार आज पनि सान्दर्भिक : उपराष्ट्रपति यादव
Latest NewsJust now

फाल्गुनन्दका विचार आज पनि सान्दर्भिक : उपराष्ट्रपति यादव

काठमाडौं।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताएका छन्। उपराष्ट्रपति यादवले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक सुधारको एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा परिचित रहेको बताएका छन्। “दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास, विभेद तथा सामाजिक विकृतिका विरुद्ध ...

नेपालन्युज
श्रीमान्‌को कुटपिटबाट मृत्यु
Latest NewsJust now

श्रीमान्‌को कुटपिटबाट मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बुधबार भरतपुर महानगरपालिका-४ त्रिच‍ोकमा श्रीमान्‌को कुटपिटबाट सपना मगरको निधन भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play