कृषि जेटिएको फूलखेती

कञ्चनपुर । फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छन् । आफ्नै चार कट्ठा जग्गामा उनले सयपत्रीका दुई हजार ४०० बोट फूल रोपेकी छन् । कृषि जेटिए अध्ययनपछि उनले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताइन् । । “तीनवर्षे कृषि जेटिए अध्ययनपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले फूलखेतीमा लागेँ”, रावलले भनिन्, “बजारमा फूलको माग र सम्भावना देखेर नै मलाई यसतर्फ आकर्षित गरेको हो ।” तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनको अपेक्षा छ । “विभिन्न चाडपर्व र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको माग बढिरहेको छ”, उनले भनिन् । उनले बाहिरबाट आयात गर्नुको साटो आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने बताइन् । पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन थालेको छ । परम्परागत खेतीभन्दा फूलखेतीमा दुई गुणा बढी आम्दानी हुने उनको भनाइ छ । “यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने योजना छ”, रावलले भनिन्, “आफूले सैद्धान्तिक रूपमा सिकेको सीप प्रयोगमा ल्याउने र आत्मनिर्भर बन्न खेतीले सहयोग गर्छ ।”
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। ...

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष... ...

आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा अर्थात् बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सार्वजनिक सूचनाअनुसार आज शुक्रबार बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भि... ...

इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?
काठमाडौं । कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ । कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ । इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक ...


