कृषि अनुसन्धान र प्रविधि हस्तान्तरण सम्झौता

मधेस प्रदेशमा कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण तथा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र पिस कोर नेपालका राष्ट्रिय निर्देशक डा किम्याह नजिउल्लाहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीले कृषि अनुसन्धानलाई व्यावहारिक प्रयोगमा रूपान्तरण, कृषक समुदायसम्म आधुनिक प्रविधिको पहुँच विस्तार तथा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। हस्ताक्षर कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले विश्वविद्यालयलाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने कृषि प्रणाली, बाली विविधिकरण, पशुपालन, मत्स्य विकास तथा खाद्य सुरक्षासम्बन्धी व्यावहारिक अनुसन्धान गर्ने अग्रणी राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। उनले विश्वविद्यालयबाट प्राप्त अनुसन्धान तथा प्राविधिक ज्ञान कृषक समुदाय र विद्यालयसम्म पुर्याउनुपर्नेमा जोड दिँदै अनुसन्धानका उपलब्धिलाई खेतबारीमा प्रयोग गर्न सकेमात्रै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने बताए। अर्थमन्त्री भट्टराईले विश्वविद्यालय र पिस कोर नेपालबीचको सहकार्य सम्झौतामामात्रै सीमित नभई कृषि उद्यमशीलता प्रवर्द्धन, कृषक परिवारको आयआर्जनमा सुधार, पोषणको स्तर वृद्धि तथा कृषि क्षेत्रमा युवाको सहभागिता बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए। सहकार्यको प्रभाव कृषि अनुसन्धान, उत्पादन वृद्धि, कृषकको जीवनस्तर सुधार र युवाका लागि उद्यमशीलताका अवसर सृजनामा देखिनुपर्ने उनको भनाइ थियो। मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेकाले अनुसन्धान, आधुनिक प्रविधिको प्रयोग र संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। विश्वविद्यालयको प्राज्ञिक क्षमता र पिस कोर नेपालको अनुभवलाई उपयोग गरी स्थानीय आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्न सके कृषि क्षेत्रको आधुनिकीकरण तथा प्रदेशको आर्थिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।-रासस The post कृषि अनुसन्धान र प्रविधि हस्तान्तरण सम्झौता appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह
११ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत एक […] The post बालबालिका,गर्भवती र ...

एनएमबि बैंक र भिजा बीच ”भिजा डाइरेक्ट टू एकाउन्ट” सेवाका लागि सम्झौता
११ कात्तिक, काठमाडौं। एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) सँग ”भिजा डाइरेक्ट टू एकाउन्ट” (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ । यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ […] The post एनएमबि बैंक ...

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
११ कात्तिक, काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो। उक्त घर कर्जा योजना अन्तर्गत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट […] The post नेपाल बैंकको ...

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव
११ कात्तिक, काठमाडौं। युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न […] The post पोखरामा कात्तिक ...


