Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै पर्यटक
Photo / Coverage: नेपालन्युज

दमौली । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो। प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ। पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ। विशेषगरी बिहानको समयमा डाँडाबाट देखिने कुहिरो र वरपरका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। उनले दैनिक तीन/चार सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेको बताए। उनका अनुसार कतिपय पर्यटक अघिल्लो रात मानुङकोटमा बिताएर बिहान दृश्य हेरेर फर्किने गरेका छन्। स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उनले बताए । मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । त्यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मकालु हिमाल
Latest NewsJust now

मकालु हिमाल

सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ छयाङकुटी डाँडाबाट देखिएको विश्वको पाँचौं अग्लो मकालु हिमाल (८४६३ मि.) र चिचिला गाउँपालिका–२ आहाले गाउँ हुदैं गएको नौ सय मेगावाट अरुण तेस्रो जलविद्... ...

गोरखापत्र
स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्‍यो बीमा व्यवस्थापन सूचना प्रणाली
Latest NewsJust now

स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्‍यो बीमा व्यवस्थापन सूचना प्रणाली

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक... ...

रातोपाटी
प्राङ्गारिक खेती गर्न टेम्केमैयुङले ७५ प्रतिशत अनुदान दिने
Latest NewsJust now

प्राङ्गारिक खेती गर्न टेम्केमैयुङले ७५ प्रतिशत अनुदान दिने

भोजपुर, मङ्सिर ५ गते । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन... ...

गोरखापत्र
गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमंग
Latest NewsJust now

गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमंग

काठमाडौं । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय रहेको बानेश्वर हाइटस्थित गोल्याण टावरको वातावरण शुक्रबार अरू दिनभन्दा फरक थियो । कार्यालयमा हुने नियमित चहलपहलभन्दा बालबालिकाको हाँसो, उत्साह र उमंग देखिन्थ्यो । कोही चित्र कोर्दै थिए भने कोही फेस पेन्टिङ र माटोका खेलौना बनाउन व्यस्त । कतिपय बालबालिका खेल जित्ने दाउमा थिए भने केही चाहिँ अडिटोरियम हलको रंगीचंगी दृश्य ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play