कीर्तिमानी नाफापछि चिप निर्माता एसके हाइनिक्सले सेयरधनीलाई ७५ अर्ब डलर फिर्ता गर्ने

दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले यस वर्ष सेयरधनीलाई करिब ७५ अर्ब डलर फिर्ता गर्ने जनाएको छ। कृत्रिम बुद्धिमता पूर्वाधारको मागले मेमोरी चिपको मूल्य बढाएपछि कम्पनीको त्रैमासिक नाफा सात गुणाभन्दा बढीले वृद्धि भएको बुधबार सार्वजनिक विवरणमा उल्लेख छ। एनभिडियालाई चिप आपूर्ति गर्ने कम्पनी एसके हाइनिक्सले सन् २०२९ सम्मका लागि आफ्ना एचबीएम र डीआरएएम चिपको उत्पादन बिक्री भइसकेको पनि जनाएको छ। कम्पनीका अनुसार एचबीएम चिपको माग उसले आपूर्ति गर्न सक्ने परिमाणभन्दा दोब्बर छ। चिपको अभाव सन् २०३० सम्म जारी रहने सम्भावना रहेको पनि कम्पनीले बताएको छ। यी भनाइ कृत्रिम बुद्धिमतासम्बन्धी मागको गति र यस क्षेत्रमा भइरहेको लगानी दीर्घकालसम्म टिक्ने विषयमा लगानीकर्ताले व्यक्त गर्दै आएका चिन्ताभन्दा फरक छन्। कम्पनीको सकारात्मक प्रक्षेपणले एसियाली प्रविधि क्षेत्रका सेयरमा समेत वृद्धि गराउन सहयोग गरेको छ। एसके हाइनिक्स को सेयर मूल्य ११ प्रतिशतले बढेको छ भने यसको प्रतिस्पर्धी तथा ठूलो कम्पनी सामसङ इलेक्ट्रोनिक्सको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ। रोयटर्सका अनुसार ग्राहकहरूले कृत्रिम बुद्धिमतामा गर्ने खर्च घटाउन सक्ने सम्भावनाबारे बोल्दै कम्पनीका प्रमुख वित्तीय अधिकारी किम उ-ह्युनले लगानीकर्ताले परियोजनाको सम्भाव्यता र नाफामा बढी ध्यान दिन थालेको बताए। यद्यपि, उनले लगानी भने जारी रहने बताए। “ग्राहकहरूले कृत्रिम बुद्धिमतामा गरेको खर्चले यससम्बन्धी सेवाको व्यापक प्रयोग र व्यवसायमा ठोस नतिजा ल्याइरहेको छ। साथै, कृत्रिम बुद्धिमतामा लगानी गर्ने कम्पनीहरूको दायरा पनि फराकिलो हुँदै गएको छ। त्यसैले हामी कृत्रिम बुद्धिमतामा लगानीको गति जारी रहने अपेक्षा गर्छौँ,” किमले भने। कम्पनीले यस वर्षको सेयरधनी प्रतिफल नीति अन्तर्गत करिब १०० ट्रिलियन वन (७५ अर्ब डलर) वितरण गर्ने जनाएको छ। यसमा ३० ट्रिलियन वनभन्दा बढी नगद लाभांश तथा ६० ट्रिलियन वनभन्दा बढी मूल्यका सेयर पुनः खरिद र रद्द गर्ने योजना समावेश छ। यसमा अगस्टमा घोषणा गरिएको ४० ट्रिलियन वन पनि समावेश छ। कम्पनीले जापानी प्रतिस्पर्धी कियोक्सियामा गरेको लगानीबाट प्राप्त अधिकांश लाभ पनि सेयरधनीलाई फिर्ता गर्ने जनाएको छ। यसका लागि तेस्रो त्रैमासिक र पूर्ण वर्षको प्रतिफल वितरणसँगै विशेष लाभांश दिने योजना छ। एनएभ इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजका वरिष्ठ विश्लेषक र्यु यङ-होका अनुसार आफ्नै सेयर पुनः खरिद गरेर रद्द गर्ने कम्पनीको प्रतिबद्धता प्रति सेयर मूल्य बढाउने प्रभावकारी उपाय हुनेछ। कृत्रिम बुद्धिमतासम्बन्धी मागका कारण चिपको मूल्यमा आएको वृद्धिसँगै एसके हाइनिक्स को सेयर मूल्य यस वर्ष दोब्बरभन्दा बढी भएको छ। तर, जुन महिनामा कायम भएको उच्चतम मूल्यको तुलनामा अहिले यसको सेयर मूल्य आधाले घटेको छ। The post कीर्तिमानी नाफापछि चिप निर्माता एसके हाइनिक्सले सेयरधनीलाई ७५ अर्ब डलर फिर्ता गर्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै
क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले आफ्नो प्लेटफर्ममा रिप्पल को स्टेबलक्वाइन आरएःलयूएसडी थप्ने भएको छ। यससँगै अमेरिकी डलरको मूल्यमा आधारित क्रिप्टो टोकनहरूको सूची विस्तार हुनेछ। यस कदमले ब्लकचेनमार्फत भुक्तानी सेवा प्रदान गर्ने कम्पनी रिप्पल लाई फाइदा पुग्नेछ। कम्पनीले सीमापार भुक्तानीको कारोबार लगभग तत्कालै सम्पन्न गर्न आरएलयूएसडी लाई सन् २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको थियो। तथ्यांक प्रदायक क्वाइनगेकोका अनुसार यो स्टेबलक्वाइनको बजार पुँजीकरण २ अर्ब ...

नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीमा ‘विश्व स्ट्रोक दिवस’ मनाइयो
१२ कात्तिक, काठमाडौं। नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा विश्व स्ट्रोक दिवस मनाइएको छ । अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवसको अवसरमा आज ग्राण्डी अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा राजु पौडेलले विश्वभर स्ट्रोकबाट प्रत्येक वर्ष करिब १ करोड २० लाख मानिस प्रभावित हुने गरेको […] The post नेपालको पहिलो ...

चाडपर्वको बहार, बजाज वेगोमा ५० हजार रुपैयाँ छुट !
काठमाडौं । बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली ग्राहकका लागि नयाँ बजाज वेगो विद्युतीय तीनपाङ्ग्रे सवारी साधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।‘चाडपर्वको बहार, वेगोमा ५० हजार’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले बजाज वेगो खरिदमा ५० हजार रुपैयाँ छुट पाउन सक्नेछन् । कम्पनीले योजनालाई थप आकर्षक बनाउँदै पुरानो सवारीसाधन साटेर ...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह
१२ कात्तिक, काठमाडौं। चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधीको […] The post चक्रवाती आँधीको ...


