Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कावासोतीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

कावासोतीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
कावासोतीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्। आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी कावासोती नगरपालिका–१ हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको हो। कावासोती–१ हात्तीखोरकी २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पताल र सामान्य घाइते भएका दुई जनाको भने कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पण्डितले जानकारी दिए। दुर्घटनामा संलग्न अटो चालक कावासोती–१ हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक घाइते
ताजा खबरJust now

बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक घाइते

काठमाडौं । भारतीय अभिनेता टाइगर श्राफको गाडीमा मुम्बईको जुहूस्थित पुष्पा पार्क क्षेत्रमा पाँच राउन्ड गोली प्रहार भएको छ । घटनामा उनका चालक र नजिकै रहेका एक अटोचालक घाइते भएका छन् । टाइगर भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार, फुटबल खेलेर गाडीमा फर्किरहेका टाइगरको गाडीलाई लक्षित गरी मोटरसाइकलमा आएका तीन जनाले अचानक गोली चलाएका थिए । घाइतेहरूलाई तत्कालै नजिकैको ...

कर्पोरट खबर
जुम्लामा मार्सीधान काट्ने चटारो
ताजा खबरJust now

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न भ्याइँनभ्याइँ भएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरूको दिनचर्या अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरू दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त […] ...

काठमाण्डुपाटी
कटुुञ्जेको सुुशीला भैरव मन्दिरमा सन्ध्या आरती
ताजा खबरJust now

कटुुञ्जेको सुुशीला भैरव मन्दिरमा सन्ध्या आरती

नगेन्द्र सापकोटाकाठमाडौँ, कत्तिक १ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका —५ कटुञ्जेस्थित सुशीला भैरव मन्दिरमा साँझ आरती गर्ने परम्परा सुुरु गरिएको छ । पुुरातात्विक एवं ऐतिहासिक, सा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play