कालीगण्डकी बाढीले दोबा जोड्ने पुल जोखिममा

म्याग्दी।दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सीमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटे पुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न वाध्य भएका हुन्। बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ। पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन्। करिब दुई दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि पुल निर्माण गरिएको थियो। सडक विभाग अन्तर्गतको बेलिब्रिज भएकाले यसको मर्मत सम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनले बताइन्। पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको उनले बताइन्। हाल बेलिब्रिज एकतर्फी सञ्चालन भइरहेको छ। नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीयवासी अमृत पुनले बताए। दोबा जोड्ने एक मात्र बेलिब्रिज भएकाले सम्बन्धित निकायले तत्काल मर्मत सम्भार गर्नुपर्ने उनको भनाइ छ। दोबामा करिब ३०० घर परिवारको बसोबास छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

आणविक ऊर्जा विशेषज्ञता विकास गर्दै सिङ्गापुर
काठमाडाैँ। सिङ्गापुरले ऊर्जा उत्पादनका लागि उन्नत आणविक प्रविधिको उपयुक्तता मूल्याङ्कन गर्दै यस क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न जनशक्ति विकाससम्बन्धी तीन योजना सुरु गरेको छ। सिङ्गापुरको ऊर्जा, व्यापार तथा उद्योग मन्त्रालय र... ...

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
रमेश विश्वकर्मागुल्मी, कात्तिक ९ गते। गुल्मीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्ड... ...

गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु
• गुल्मीमा स्कारपियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। • दुर्घटना सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–२ मा भएको हो। • मृतकमा स्कारपियो चालक र अन्य चार जना स्थानीय बासिन्दा रहेका छन्। ...

खाद्यद्वारा २७ लाख ३५ हजारको चिनी बिक्री
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्न सुरु गरेको दुई सातामै सत्ताइस लाख रुपियाँ बढीको चिनी बिक्री गरेको छ । खा... ...


