कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं।बाढी-पहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। गए रातिदेखि प्रसारण लाइनको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका चार वटा टावरमा क्षति पुर्याएको थियो। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो। प्रसारण लाइन अवरुद्ध हुँदा दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् प्रणालीमा प्रवाह हुन सकेको थिएन। प्रसारण लाइन पुनः सञ्चालनमा आएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यस प्रसारण लाइनको कुल लम्बाइ करिब १३० किलोमिटर छ। यस प्रसारण लाइनको विद्युत् प्रवाह क्षमता एक हजार २०० मेगावाट छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

झापामा बढ्यो सवारी दुर्घटना र मानवीय क्षति
झापामा चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा सवारी दुर्घटना ...

रुस–युक्रेन युद्धको असर अन्तरिक्षमा पनि, रुसी भूउपग्रहको गतिविधिले झस्कायो अमेरिकालाई
काठमाडौँ। रुस र युक्रेनबिच जारी युद्धको असर अन्तरिक्षमा समेत देखा पर्न थालेको छ । रुसी सैन्य भूउपग्रह ‘कसमस–२६१२’ले आफ्नो कक्ष बारम्बार परिवर्तन गरेर अमेरिकी पञ्जीकृत व्यावसायिक राडार इमेजिङ भूउपग्रह ‘आईसीईवाईई–एक्स३६’को... ...

बस नालामा पल्टिँदा १० जना घाइते
चितवनको राप्ती नगरपालिका-२, सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्। ...

धर्मलाई विवाद होइन समाधानको माध्यम बनाउँ
धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । ...


