Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
Photo / Coverage: नेपालन्युज

काठमाडौं।काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ। कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार एनबी सेन्टर नयाँ बानेश्वरका लागि आकृति श्रेष्ठ (९८०१३६२३१२) सँग, बिग मार्ट, शङ्खमूलका लागि विपिन रावल (९८४८६४३२९७) सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिरकुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ। यस्तै, सेल्स बेरी, मध्यबानेश्वरका लागि सपना सिजापती (९८०१९७१३०८) सँग, फोनेक्स टावर, बत्तीसपुतलीका लागि सुरज थापा (९७६३६९७१४०) सँग, एसी कम्लेक्स, चाबहिलका लागि गोविन्द्रराज गिरी (९८४१५१७२३३) सँग, चाबहिल गणेशस्थान, तरकारी बजारका लागि अज्जब श्रेष्ठ (९८४१०७८८०८) सँग, केएल टावर अगाडि, चाबहिलका लागि चेतना गुरुङ (९८०५८४१९७८) सँग, कमलादीमा रहेको आइटी बिल्डिङका लागि (०१ ४५१५७८६) मा, पुतली सडकमा रहेको स्टार मलका लागि चित्रबहादुर ढुङ्गाना (९८६९५३९५११) सँग, अनामनगरमा रहेको भाटभटेनीका लागि अजय लामा (९८०१२४१४५१) सँग, सुन्धारामा रहेको काठमाडौँ मलका लागि (०१–५३५२५५५) मा, न्यूप्लाजामा रहेको बज्र कम्प्लेक्स गुड मार्टका लागि मोहिङका भूर्तेल (९८५१४००७९१) सँग सम्पर्क गर्न सकिनेछ। यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्याङ्कवेट, कालीमाटीकै द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्डस्टोर, माछापोखरीको बुद्ध मल, माछा पोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको गहिलो भाग, हाँडीगाउँ (नरःदे) को कार्यालय अगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नं २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल बिक्रीका लागि स्थान उपलब्ध गराइएको छ। यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउने छन्। यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ। महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोवाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। वातावरण व्यवस्थापन विभागले भनेको छ, “नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको छ। कामपाले समेत विगतका वर्षदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा निषेध गरेको छ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धितोपत्र बोर्ड सूचना प्रविधि नीतिः प्राविधिक समस्या आए पनि सेयर कारोबार अवरुद्ध नहुने
Latest NewsJust now

धितोपत्र बोर्ड सूचना प्रविधि नीतिः प्राविधिक समस्या आए पनि सेयर कारोबार अवरुद्ध नहुने

बोर्डले बजार सञ्चालनसँग सम्बन्धित निकायहरूलाई कारोबार प्रणालीमा समस्या आए पनि सेवा निरन्तरता दिन सक्ने पूर्वाधार तयार गर्नुपर्ने व्यवस्था गरेको हो। ...

कान्तिपुर
सुनका असर्फी र चाँदीका मेडालियनको बिक्री सुरु (तस्बिरहरु)
Latest NewsJust now

सुनका असर्फी र चाँदीका मेडालियनको बिक्री सुरु (तस्बिरहरु)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी... ...

रातोपाटी
आईजीपीबाट गैरकानुनी रुपमा हटाइएको भन्दै सर्वोच्च पुगे दानबहादुर कार्की
Latest NewsJust now

आईजीपीबाट गैरकानुनी रुपमा हटाइएको भन्दै सर्वोच्च पुगे दानबहादुर कार्की

सरकारले गैरकानुनी रुपमा प्रहरी महानिरीक्षकबाट हटाएको भन्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।  आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायीमार्फत रिट दायर गर्ने तयारी गरेका हुन्। उनका कानुन व्यवसायी अहिले सर्वोच्च अदालत पुगिसकेका छन्। रिट लिएर पुगे पनि दर्ता भने भइसकेको छैन।  सरकारले उनलाई बुधबार प्रहरी महानिरीक्षकबाट हटाएको थियो।... ...

नेपालखबर
आन्तरिक लेखापरीक्षणमा १० अर्ब ६८ करोड बेरुजु, एक वर्षमै १ अर्ब ४४ करोडले बढ्यो
Latest NewsJust now

आन्तरिक लेखापरीक्षणमा १० अर्ब ६८ करोड बेरुजु, एक वर्षमै १ अर्ब ४४ करोडले बढ्यो

काठमाडाैँ । सरकारी निकायहरूको आर्थिक कारोबारमा आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ६८ करोड १५ लाख रूपैयाँभन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा विनियोजन, राजस्व, धरौटी तथा कार्य सञ्चालन कोषको कारोबार परीक्षण गर्दा १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रूपैयाँ बेरुजु कायम भएको हो । महालेखा ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play