Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : सुनिता डंगोल

काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : सुनिता डंगोल

10/25/2026, 12:55:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, मन्दिर, सम्पदा र संस्कृति सहरको पहिचान मात्र नभई यहाँको मौलिक जीवनशैलीसमेत भएको बताएकी छन् । उनले काठमाडौंलाई दौडिएर मात्र नभई यहाँको संस्कृति, परम्परा र जनजीवनलाई गहिरोसँग महसुस गरेर अपनत्व लिनुपर्नेमा जोड दिएकी हुन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० किलोमिटर लामो ‘हेरिटेज रन’ का अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

उनका अनुसार काठमाडौंका मन्दिर, ऐतिहासिक गल्ली, भजन–कीर्तन, परम्परागत खानपान र बिहानीपखको मौलिक वातावरणले सहरलाई जीवन्त बनाएको छ । पैदल हिँड्दा वा दौडिँदा सहरको वास्तविक पहिचानसँग नजिक हुन सकिने उनको भनाइ छ ।

‘हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो,’ डंगोलले भनिन्, ‘हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो ।’

वसन्तपुर क्षेत्रबाट सुरु भएको हेरिटेज रनमा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्मका तीन पुस्ताले उत्साहपूर्वक सहभागिता जनाएका थिए । ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटरको दूरी पार गरेका थिए ।

महानगरपालिकाका अनुसार अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित सहभागिता कोटा पूरा भएपछि दर्ता बन्द गर्नुपरेको थियो । नागरिकको यस्तो उत्साहजनक सहभागिताले आगामी दिनमा थप रचनात्मक कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको डंगोलले बताइन् ।

महानगरपालिकाले हेरिटेज रनलाई आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवद्र्धनात्मक कार्यक्रमका रूपमा समेत अघि बढाएको छ । खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत एकाकार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको डंगोलले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलमा नेपाली तथा अन्तर्राष्ट्रिय गरी ४० वटा चलचित्र निःशुल्क प्रदर्शन गरिने भएको छ ।

महोत्सवको पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष स्क्रिनिङमार्फत उद्घाटन कार्यक्रम आयोजना गरिनेछ । दोस्रो र तेस्रो दिन भने ऐतिहासिक राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्र प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ ।

राष्ट्रिय सभागृहमा विशेषगरी ७० र ८० को दशकका मौलिक नेपाली चलचित्रहरू निःशुल्क प्रदर्शन गरिनेछ । त्यस्तै, जय नेपाल सिनेमा हलमा अन्तर्राष्ट्रिय चलचित्रसहित विभिन्न विधाका चलचित्र प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

महोत्सवमा सहभागी हुन इच्छुक दर्शकले महानगरपालिकाको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत निःशुल्क अनलाइन टिकट बुक गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

डंगोलले चलचित्रप्रेमी, कलाकार तथा आम नागरिकलाई परिवार र साथीभाइसँगै महोत्सवमा सहभागी हुन आग्रह गरेकी छन् ।

‘काठमाडौंलाई हेरौँ, सुनौँ, महसुस गरौँ र यसको सम्पदासँग जोडिऔँ,’ उनले भनिन् ।

महानगरपालिकाले हेरिटेज रन र फिल्म फेस्टिभलजस्ता कार्यक्रममार्फत काठमाडौंको मौलिक पहिचान, ऐतिहासिक सम्पदा र सांस्कृतिक जीवनशैलीलाई प्रवद्र्धन गर्दै नागरिकलाई आफ्नो सहरसँग थप नजिक बनाउने लक्ष्य लिएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पुनर्निर्माण र पर्यटन प्रवर्द्धनको सन्देशसहित सिड्नीमा नेपाल फेस्टिभल
OthersJust now

पुनर्निर्माण र पर्यटन प्रवर्द्धनको सन्देशसहित सिड्नीमा नेपाल फेस्टिभल

८ कात्तिक, सिड्नी । अस्ट्रेलियामा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्दै नेपालको पर्यटन अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यले आगामी नोभेम्बर ७ मा नेपाल फेस्टिभल सिड्नी २०२६ आयोजना हुने भएको छ। यस वर्षको महोत्सवले नेपालको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य… ...

अनलाइन खबर
एनपीएलमा आफूलाई मनपर्ने टिमको लोगो अंकित एक्स्ट्रिम क्यान
OthersJust now

एनपीएलमा आफूलाई मनपर्ने टिमको लोगो अंकित एक्स्ट्रिम क्यान

८ कात्तिक, काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ । त्यो हो, आफ्नो मनपर्ने टिमको लोगो भएको एक्स्ट्रिम इनर्जी ड्रिङ्कको क्यान । नेपाल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play