काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं। गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गएराति रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोहन ठाकुर गम्भीर घाइते भएका छन् भने पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ। महमद जसिमलाई नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा चिकित्सकले बाटोमै मृत्यु भएको पुष्टि गरेका थिए । ठाकुरलाई थप उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका ...

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन... ...

उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक २ गते । उपल्लो मुस्ताङको दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत... ...

सुमो दुर्घटना अपडेट : घाइते चारमध्ये एकको अवस्था गम्भीर, अन्यको सुधारोन्मुख, एक डिस्चार्ज
चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिँडेको प्रहरीले जनाएको छ। ...


