काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ, फरार कसुरदार पनि नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’मा ७५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ६० पुरुष र १४ महिला रहेका छन् भने अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपास र नागरिकको बढी आवतजावत हुने क्षेत्रमा विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको हो। प्रहरीले सार्वजनिकस्थल तथा यातायातका साधनमा हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। अभियानका क्रममा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदार पक्राउ परेका छन्। त्यस्तै, विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, फरार कसुरदार तथा प्रतिवादीको खोजी गर्ने र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। पक्राउ परेका व्यक्तिको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग गरेको छ । हाल उपचाररत रहेका मिर्गौला, क्यान्सरका रोगी र मेरुदण... ...

बाँकेका महिलाको उद्यम : दसैंमा सात सय खसी–बोका बिक्री
सिराज खाननेपालगन्ज, कात्तिक १० गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका महिलाहरूले यस पटकको दसैंमा सात सय वटा खसी–बोका बिक्री गरेका छन् । राप्ती सोनारी–६ फत्तेपुरमा रहेक... ...
![एनपीएलमा चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती, नेपाली खेलाडीहरू 'फ्लप' [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/npl-chitwan-biratnagar-2026%20(7).jpg)
एनपीएलमा चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती, नेपाली खेलाडीहरू 'फ्लप' [तस्बिरहरू]
खेल जितका लागि विराटनगरले १५८ रनको चुनौती पछ्याउँदैछ । ...

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री... ...


