काठमाडौंका सम्पदा चिनाउँदै १० किलोमिटर ‘हेरिटेज रन’

काठमाडौं । काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको आयोजनामा आइतबार बिहान १० हजार मिटरको ‘हेरिटेज रन–सम्पदा दौड’ आयोजना गरिएको छ। काठमाडौं फिल्म फेस्टिभलसँग जोडिएको उक्त दौड बिहान ६ बजे वसन्तपुरबाट सुरु भएको हो। दौडमा सहभागी धावकहरूले काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पहिचान प्रवर्द्धन गर्दै दौड पूरा गरेका छन्। महानगरपालिकाले खेलकुद र सम्पदा प्रवर्द्धनलाई जोड्दै आयोजना गरेको यस कार्यक्रमले काठमाडौंको मौलिक संस्कृति, ऐतिहासिक स्थल तथा पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ। दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा अस्ट्रेलियाली पाराओलम्पियन क्याट्रिना बेव, १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडतर्फ स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ तथा ओलम्पियन हरिबहादुर रोकायालगायतको उपस्थिति रहेको थियो। दौडको महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको थियो। काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र सहरको सांस्कृतिक पहिचानलाई खेलकुद गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। तस्बिर : नेपाल फोटो सर्भिस
Read Complete Original Article
Published originally on टक्सार
Related News

बाढीले खोस्यो खुसी: सुनसान बन्यो सेतीबेनी बजार
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), कात्तिक ८ गते । सधैँ चलनचल्तीको सेतीबेनी बजार यो पटकको दशैँमा सुनसान रह्यो । चाडपर्वका बेला व्यापारी र तीर्थालु भक्तजनको ठुलो भिड रहने सेतीबेनीमा... ...

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’
डडेल्धुरा। अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराईले पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक २५ हजार रुपैयाँ बचाउँछन् । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका छन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस... ...

हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - बाढीले टुटाएको सम्बन्ध जोड्दै त्रिशूलीको झोलुङ्गे पुल... ...


