Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौँ महानगरपालिका–४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औँल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले काठमाडौं महानगरपालिकाका सातवटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा ल्याउने कार्य सुरु गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो । प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्यसचिव रहेका छन् । रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनलाई मन्त्रालयले लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने कार्य सुरु गरेको हो । सरकारले रावल आयोगले औँल्याएको सम्पूर्ण जग्गा छानबिन गरी सरकारको नाममा ल्याउने कार्य सुरु गरिसकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

हिमाली क्षेत्रमा तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको प्रस्ताव
ताजा खबरJust now

हिमाली क्षेत्रमा तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको प्रस्ताव

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै सरकारका तर्फबाट उक्त प्रस्ताव पेस गरेकी हुन्। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने कोप–३१ मा प्रस्तावमाथि छलफल हुनेछ। ...

कान्तिपुर
नेपाल प्रेसका प्रधान सम्पादक पौडेल र अध्यक्ष लम्साल साइबर ब्युरोमा
ताजा खबरJust now

नेपाल प्रेसका प्रधान सम्पादक पौडेल र अध्यक्ष लम्साल साइबर ब्युरोमा

काठमाडौं । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेलगत्तै नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइएको छ। प्रधान सम्पादक पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र... ...

रातोपाटी
न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
ताजा खबरJust now

न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन् । सर्वोच्च अदालतले आज आयोजना गरेको ‘न्यायमा पहुँचसम्बन्धी संवाद’ कार्यक्रममा उनले नागरिकले सहज... ...

रातोपाटी
पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य
ताजा खबरJust now

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य

समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्‍याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play