Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागी हुने

‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागी हुने

10/27/2026, 7:30:33 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागी हुने

काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने जनाएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलकी निर्देशक आयुषा श्रेष्ठले नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिने जानकारी दिइन् । काठमाडौंको संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताइन् । पुराना कलाकारको सम्मान गर्नुका साथै उनीहरूको सिर्जनात्मक कलालाई नयाँ पुस्तासम्म पुर्‍याउनु पनि फेस्टिभलको उद्देश्य रहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार अभिनेत्री शबाना आजमीले कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवाद कार्यक्रममा सहभागिता जनाउनेछिन् । सोही दिन जापानी निर्देशक ताकायुकी नाकामुराले राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिने कार्यक्रम छ । फेस्टिभलको पहिलो दिन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रा आयोजना गरिनेछ । कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रमसँगै पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ प्रदर्शन गरिने आयोजकले जनाएको छ । श्रेष्ठले फेस्टिभलका सबै चलचित्र नागरिकले निःशुल्क हेर्न पाउने बताइन् । चलचित्र हेर्नका लागि दर्शकले सिट रिजर्भेसन भने गर्नुपर्नेछ । उनका अनुसार फेस्टिभलका कार्यक्रम वसन्तपुर, सिटी हल, जय नेपाल सिनेमा र बौद्ध क्षेत्रमा आयोजना हुनेछन् । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई फेस्टिभलका कार्यक्रमसँग जोडेर काठमाडौंको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्य राखिएको उनले बताइन् । जय नेपाल हलमा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिने पनि उनले जानकारी दिइन् । फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी र अस्ट्रेलियाली चलचित्र निर्माता मुलर सहभागी हुने श्रेष्ठले बताइन् । पहिलो दिन आयोजना गरिने सम्पदा यात्रामार्फत काठमाडौंको सम्पदा र सांस्कृतिक विशेषता चिनाउने लक्ष्य रहेको उनको भनाइ छ । फेस्टिभलअन्तर्गत ‘नेपाल पानोरामा सर्ट्स’ विधामा नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले खुला आह्वानमार्फत प्राप्त गरेका ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । फेस्टिभलमा नेपालसहित विभिन्न देशका चलचित्र प्रदर्शन गरिनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ
OthersJust now

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ

काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौँ महानगरपालिका-१३ कालीमाटी बस्ने ...

पर्दाफास
एनपीएल अर्थतन्त्र : एक मैदान ३२ खेल, पृष्ठभूमिमा अर्बौं कारोबार
OthersJust now

एनपीएल अर्थतन्त्र : एक मैदान ३२ खेल, पृष्ठभूमिमा अर्बौं कारोबार

तेस्रो संकरण पुग्दा एनपीएलको अर्थतन्त्रको योगदान गुणात्मक बढ्ने देखिएको छ । यसपालि एनपीएलको प्रत्यक्ष कारोबार नै डेढ अर्बभन्दा माथि पुग्ने अनुमान क्यानको छ । ...

अनलाइन खबर
हेटौँडामा ४२ किलो गाँजासहित दुई जना पक्राउ
OthersJust now

हेटौँडामा ४२ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १ः३५ बजे हेटौँडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बि .आर. १ ए.पी ६०७३ नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीसहित खटिएको चेकजाँच टोलीले शङ्का लागेर उक्त गाडी ...

पर्दाफास
रास्वपा मधेश संगठनको अडिट रिपोर्ट : तल्लो तहका नेताहरूको भूमिकामा प्रश्न
OthersJust now

रास्वपा मधेश संगठनको अडिट रिपोर्ट : तल्लो तहका नेताहरूको भूमिकामा प्रश्न

रास्वपा सहमहामन्त्री हरि ढकालको नेतृत्वमा गठित मधेश प्रदेश संगठन अडिट समितिले प्रदेश तथा पालिका संरचनामा रहेका नेताहरूकै कारण समस्या उत्पन्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play