Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस
Photo / Coverage: नेपालन्युज

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस कायम भएको छ। मंगलबार सोही समयमा न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको थियो। महाशाखाका अनुसार वास्तविक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिन्छ। यस समयमा तापक्रम केही घट्ने वा स्थिर रहने सम्भावना रहन्छ। मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहानको न्यूनतम तापक्रम बढ्ने र आकाश खुला रहँदा घट्ने गर्दछ। महाशाखाले हरेक दिन न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गर्ने गर्दछ। न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था र अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ। बुधबार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। रातिको समयमा कोसी, मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बिहानीपख तराई, उपत्यका र खोचका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा पूर्वी युरोपमा नेटोको विस्तार उल्ट्याउन रुसको माग
Latest NewsJust now

युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा पूर्वी युरोपमा नेटोको विस्तार उल्ट्याउन रुसको माग

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अबुधाबीमा भएको वार्ताका क्रममा रुसले नेटोको पूर्वी विस्तार उल्ट्याउँदै सन् १९९७ अघिको अवस्थामा फर्काउनुपर्ने माग गरेको छ । रुसी प्रतिनिधिहरूले नोभेम्बर १० को मिति उल्लेख गरिएको दस्तावेजमार्फत यस्तो प्रस्ताव राखेको ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ । रुसको माग युक्रेनमा पश्चिमा हतियार आपूर्ति रोक्नमा मात्र सीमित नभएर नेटोले सन् १९९७ पछि पूर्वी युरोपमा विस्तार गरेको ...

केन्द्रबिन्दु
अर्धन्यायिक निकायको पुनरावेदन जिल्लामा
Latest NewsJust now

अर्धन्यायिक निकायको पुनरावेदन जिल्लामा

काठमाडौँ, मङ्सिर २ गते । अदालतमा मुद्दाको कार्यबोझ न्यूनीकरण गर्न अधिकार क्षेत्र, पुनरावेदन लाग्ने व्यवस्था, मुद्दाको सुरु कारबाही र किनारा, म्याद तथा हद म्याद जस्ता कानुनी व्यवस्थ... ...

गोरखापत्र
संघीय संसदका दुई समितिको बैठक बस्दै
Latest NewsJust now

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको छ । आज बिहान १० बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने तय भएको छ । बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको ...

कर्पोरट खबर
वार्षिक १२० अर्ब डलर अनुकूलन वित्त जुटाउने प्रस्तावमा सहमति जुट्न चुनौती
Latest NewsJust now

वार्षिक १२० अर्ब डलर अनुकूलन वित्त जुटाउने प्रस्तावमा सहमति जुट्न चुनौती

विकासोन्मुख देशका लागि वार्षिक कम्तीमा १ खर्ब २० अर्ब अमेरिकी डलर अनुकूलन वित्त जुटाउने प्रस्ताव अघि सारेको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play