Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसले माग्यो इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसले माग्यो इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति
Photo / Coverage: पर्दाफास

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्। उनले कांग्रेसका सभापति गगन थापालगायत अन्य ब्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने विषय सार्वजनिक भएको र यो सामान्य विषय नभएको बताएका छन्। सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएको आङ्देम्बेले बताएका छन्। अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको उनले स्पष्ट पारेका छन्। प्रधानमन्त्रीबाट यसको स्पष्ट जवाफ आउने अपेक्षा कमै रहेको उल्लेख गर्दै आङ्देम्बेले सरकारमाथि प्रश्नसमेत उठाएका छन्। ‘प्रधानमन्त्रीज्यूबाट यसको स्पष्ट जवाफ आउँछ भन्ने अपेक्षा कमै छ। तैपनि प्रश्न गर्न चाहन्छु – सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ? यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो। सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ’, आङ्देम्बेले भनेका छन्। लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको उनको भनाइ छ। ‘सरकार क्षणिक सनकमा होइन, संविधान र विधिको शासनमा चल्नुपर्छ भन्ने विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु’ उनले भनेका छन्। सापकोटाको जीवन रक्षाको माग गर्दै शुक्रबार उनकी पत्नी कविता पाण्डेले मानव अधिकार आयोगमा निवेदन दिएकी थिइन्। निवदेनमा प्रहरीले असोज १४ देखि १५ गते साँझसम्म नियन्त्रणमा राखेर पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङ र हिमालय होटलका नवीन तुलाधर सहित केही व्यक्तिविरूद्ध बयान दिन दबाब दिएको उल्लेख छ। ती व्यक्तिहरूविरूद्ध प्रमाण र बयान दिए छाडिदिने भन्दै प्रहरीले आफू र आफ्नो परिवारलाई समेत ज्यानको खतरा हुने धम्की दिएको निवेदनमा उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो: शेख हसिना
OthersJust now

स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो: शेख हसिना

१३ मङ्सिर, नयाँदिल्ली (रासस/एएनआई)। बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरेकी छन् । स्वतन्त्रता प्राप्त नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने उनको भनाइ छ। अवामी लिगको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको, उपचारबाट… ...

अनलाइन खबर
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
OthersJust now

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोसी प्रदेशबाट सुरु हुँदैछ। नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ। यस पटक यही मंसिर १४ देखि २५ गतेसम्म कोसी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ ...

पर्दाफास
चीनको स्याटेलाइट गुप्तचर निगरानी र विश्वव्यापी द्वन्द्वमा बढ्दो रणनीतिक प्रभाव
OthersJust now

चीनको स्याटेलाइट गुप्तचर निगरानी र विश्वव्यापी द्वन्द्वमा बढ्दो रणनीतिक प्रभाव

पहलगामदेखि गाजा र मध्यपूर्वसम्मका घटनाक्रमले चीनको स्याटेलाइट निगरानी प्रविधि, गुप्तचर सूचना आदानप्रदान र रणनीतिक साझेदारीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। प्रत्यक्ष युद्धमा सहभागी नभएको दाबी गर्ने बेइजिङको प्रविधि र गुप्तचर क्षमताले पाकिस्तान, इरान तथा विभिन्न सशस्त्र समूहलाई अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याइरहेको त छैन भन्ने बहस चर्किन थालेको छ। आधुनिक युद्धमा सबैभन्दा प्रभावशाली पक्ष सधैँ क्षेप्यास्त्र प्रहार गर्ने, ड्रोन उडाउने वा सीमापारबाट ...

पर्दाफास
एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु हुन्छ : मन्त्री लम्साल
OthersJust now

एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु हुन्छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement