सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोसी प्रदेशबाट सुरु हुँदैछ। नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ। यस पटक यही मंसिर १४ देखि २५ गतेसम्म कोसी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको सहभागिता रहने अनुमान गरिएको छ। पहिलो चरणमा यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलन हुनेछ। हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना गरिने सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी गरिँदै आएको छ। पृतनाको मुख्यालयमा हुने सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्ने छन्।
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै

Read Complete Original Article
Published originally on पर्दाफास






