कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाण्डु– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो। बैठकमा समसामयिक राजनीतिक विषय तथा संसद्को आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ। यद्यपि, कांग्रेसले बैठकका औपचारिक एजेन्डाबारे भने अहिलेसम्म केही सार्वजनिक गरेको छैन।
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






