कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। महामन्त्री उदयशम्शेर राणाका अनुसार बैठक आइतबार दिउँसो २ बजेका लागि तय गरिएको छ। बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनका विषयमा छलफल हुनेछ। समाचार संकलन तथा प्रकाशनको विषयलाई लिएर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको कांग्रेसले यसअघि नै भत्सर्ना गरिसकेको छ। सो घटनाबारे बैठकबाट संस्थागत निर्णय लिने तयारी गरिएको छ। त्यसैगरी, गत असोजमा सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ। साथै, देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि अगाडि बढाएको समानान्तर अधिवेशनको विषयमा पनि बैठकले आवश्यक निर्णय गर्ने जनाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएलमा विराटनगर र सुदूरपश्चिम मैदानमा, सुदूर बलिङमा, मात्र पाँच ओभरको खेल
खेलमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेको छ । ...

सुदूरपश्चिमविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। शनिबार राति ९ बजे टस भएको हो। सुदूरपश्चिम रोयल्सले टस जितेर विराटनगरलाई ब्याटिङका लागि निम्त्याएको छ। ...

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल... ...

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ । निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा... ...


