कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर। नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवारीपूर्वक अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् , ‘कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधानका लागि तयार रहेको पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्नेछ । महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ’, उनले भने। उनले पार्टीका पारित नीतिगत तथा साङ्गठनिक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत तल्लो तहसम्म पुर्याइने जानकारी दिए। महाधिवेशनबाट पारित प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन र थप विषय केन्द्रीय कार्यालयमा उपलब्ध गराउन उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। ...

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष... ...

आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा अर्थात् बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सार्वजनिक सूचनाअनुसार आज शुक्रबार बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भि... ...

इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?
काठमाडौं । कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ । कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ । इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक ...


