Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसको नयाँ विधान र कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको नयाँ विधान र कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ । आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई अद्यावधिक गरेको हो । कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गरेर पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदनसहित आवश्यक कागजात उपलब्ध गराएको थियो । उपलब्ध कागजातअनुसार आयोगको बैठकले थापा नेतृत्वको नेपाली कांग्रेस अद्यावधिक गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भइसकेको जानकारी दिँदै भन्नुभयो, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको पदाधिकारी र विधान अद्यावधिक गर्ने निर्णय आयोगको मंगलबारको बैठकले गरिसकेको छ ।’ गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोजको १९ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा गरेको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले महाधिवेशनका निर्णयहरू आयोगमा उपलब्ध गराउँदै अद्यावधिकका लागि निवेदन दिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी हेरफेर गरे त्यसको जानकारी दिनुपर्ने व्यवस्था छ । त्यसअनुसार आयोगले दल दर्ता किताबमा पदाधिकारी हेरफेरसँग सम्बन्धित विषय अद्यावधिक गर्ने व्यवस्था छ । निर्वाचन आयोगले लामो समयसम्म कांग्रेसको विवरण अद्यावधिक नगर्दा अनेक कोणबाट प्रश्नहरू उठेका थिए । निर्वाचन आयोगमा कांग्रेसले बुझाएको विवरणमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजका साथै केही महत्त्वपूर्ण निर्णयहरू समावेश गरिएको थियो । देउवा पक्षको महाधिवेशनमा भाग लिने जनप्रतिनिधिलाई कारबाहीको मागकांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्ने महाधिवेशनमा सक्रिय भएका जनप्रतिनिधिहरूलाई पदमुक्त गर्नुपर्ने माग उठेको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले वैधानिक महाधिवेशनको विरुद्धमा लाग्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । बैठकमा तिमिल्सिनाले भन्नुभयो, ‘पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि, प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन् । पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानविन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोगमार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु ।’ देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई हटाउने संकेत मंगलबारको बैठकमा सभापति गगन थापाले पनि गर्नुभएको थियो । १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ बजाएर बैठक सुरुकांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ बजाएर ऐक्यबद्धता जनाइएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन बुधबारको प्रारम्भ खेलकुद महाकुम्भको ‘सिग्नेचर गीत’ बजाएर गरिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंसिर ७ गतेदेखि सुरु भएको र आगामी मंसिर १६ गते विधिवत् रूपमा उद्घाटन हुने १०औँ राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन कांग्रेसले आफ्ना स्थानीय पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन हुन आह्वान गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सात हजारभन्दा बढी खेलाडीहरूको सहभागिता रहने यस खेल महोत्सवले समग्र नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा नयाँ ऊर्जा, उत्साह र गतिशीलता भर्ने विश्वास व्यक्त गर्नुभएको छ । स्थानीय चुनावअघि ‘प्राइमरी इलेक्सन’को गृहकार्यकांग्रेस पार्टी पुनर्जागरण, संगठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै देशभर अभियान चलाउन गाउँगाउँ पस्ने भएको छ । यसका लागि पार्टीले ७५३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधि खटाउने प्रस्ताव गरेको छ । केन्द्रित समिति बैठकमा बुधबार प्रस्तुत ‘हामी तयार छौँ’ अभियानको अवधारणा तथा कार्ययोजना पत्रमा स्थानीय तहसम्म पार्टीको नीति, कार्यक्रम र सांगठनिक सन्देश पुर्‍याउन यस्तो प्रस्ताव गरिएको हो । मंसिर १५ देखि पुस ५ गतेसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको अभियानमार्फत पार्टीका सदस्यलाई १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम, संकल्प र आगामी चार वर्षको राजनीतिक दिशा तथा प्राथमिकताबारे अभिमुखीकरण गरिने कांग्रेसको योजना छ । कांग्रेसले अभियानलाई आगामी स्थानीय तह निर्वाचनको तयारीसँग समेत जोडेको छ । पार्टी विधानअनुसार उम्मेदवार छनोटमा सम्बन्धित तहका सदस्यको सहभागितामा प्राइमरी निर्वाचन गर्ने व्यवस्था रहेकाले अभियानका क्रममा त्यसको तयारी प्रारम्भ गर्ने प्रस्ताव गरिएको छ । ११ जना महिला केन्द्रीय सदस्य मनोनीतकांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय समितिमा एकतिहाइ महिला पुर्‍याउन ११ जना मनोनीत गरिएको सूचीसहित निर्वाचन आयोगलाई जानकारी गराइएको हो । २३१ जना निर्वाचित केन्द्रीय समितिमा ११ जनाले अपुग भएपछि मनोनीत गरेको सूची आयोगमा पठाइएको हो । महाधिवेशनमा प्रतिस्पर्धा नगरेका ११ जनालाई मनोनीत गरिएको छ । मनोनीत भएकाहरूमा सुजाता कोइराला, ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन, निपा चोख्याललगायत छन् । कोइरालालाई विशेष महाधिवेशनपछि पनि मनोनीत केन्द्रीय सदस्य बनाइएको थियो । १५औँ महाधिवेशनको मुखमा संस्थापनतर्फ लाग्ने नेताहरूमध्ये ईश्वरी न्यौपाने पनि हुनुहुन्थ्यो । विशेष महाधिवेशनपछि चन्दा चौधरी भने संस्थापन पक्षमा लाग्नुभएको थियो । मनोनीत हुने अर्की केन्द्रीय सदस्य लक्ष्मी पाण्डे गाउँपालिका महासंघको केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । रौतहटबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहनुभएकी साहजान खातुन केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ । केन्द्रीय समिति २९७ जनाको हुने संशोधित विधानको व्यवस्था छ । यस्तै, कांग्रेसको लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त हुनुभएको छ । देउवा समूहले पनि पदाधिकारीको संख्या बढाउनेनेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ । समानान्तर महाधिवेशनको विधान मस्यौदा समितिले पदाधिकारीको संख्या बढाउने गरी मस्यौदा तयार पारेको हो । यसअघि गगन थापा नेतृत्वका संस्थापन पक्षले पनि विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाएको थियो । यसैबीच, देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ । बुधबार चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लगभग १५-२० वटा समिति छन् । ती समितिहरू गठन गर्नको लागि जिम्मा हामीले १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालाई दिएका छौँ । अब उहाँले भोलिसम्म संयोजकहरू निर्णय गर्नुहुन्छ, अनि त्यसपछि संयोजकहरू आएपछि आफ्नो कमिटीमा सदस्यहरू राखेर यो महाधिवेशनको सम्पूर्ण कामहरू थालनी गर्नुहुन्छ ।’ यता, देउवा समूहको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्च हुने भएको छ । बुधबार बसेको महाधिवेशन आयोजक समितिको बैठकमा समानान्तर महाधिवेशनका सम्बन्धमा आवश्यक छलफल भएको बताइएको छ । निर्वाचन समितिका संयोजक अधिवक्ता पोखरेलले हालसम्म सम्पन्न भएका विभिन्न तहका अधिवेशनहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । महतले महाधिवेशनका लागि तल्लो तहका संरचनाहरूको अधिवेशन अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जानकारी गराएको बताउनुभएको छ । हालसम्म देशभरका ५९ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाहरूको अधिवेशन आगामी चारदेखि पाँच दिनभित्र सम्पन्न गर्ने कार्यतालिका छ । यसैगरी, सात प्रदेशमध्ये हालसम्म लुम्बिनी र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । देउवा पक्षले मंसिर २१ गतेदेखि २३ सम्म महाधिवेशन गर्दै छ । सभापति पदका लागि निधि सक्रियकेही दिन पहिले जनकपुरको एक कार्यक्रममा आफू सभापतिको उमेदवारी दिने जानकारी दिए लगत्तै विमलेन्द्र निधिले सक्रियता बढाउनु भएको छ । १४औं महाधिवेशनमा देउवासंग प्रतिष्पर्धा गर्न उत्रिनु भएका निधि र प्रकाशमान सिंह निकै मतले पछाडि पर्नुभएको थियो । त्यस समयका देउवाका निकटतम प्रतिष्पर्धी डा. शेखर यतिखेर राजनीतिकरूपले अर्द्ध संन्यासमा देखिनु भएको छ । विम पक्षधर कांग्रेसको ‘क’ हालै सम्पन्न १५औं महाधिवेशनले तय गरेको केन्द्रीय समितिसहित सबै दस्तावेजलाई निर्वाचन आयोगले अध्यावधिक गरेको भए पनि निम कांग्रेसको १५औं महाधिवेशन सक्रियता तीव्र छ । यही मेसोमा उमेदवारीका विषयमा गम्भीर विमर्श भइरहेको निमसम्बद्ध सूत्रले हिमालय टाइम्सलाई जानकारी दिएको छ । महामन्त्री, सहमहामन्त्रीहरूका इच्छुकहरूले त धमाधम उमेदावारी घोषणा गरिररहेका छन् । सम्बद्ध सूत्रका अनुसार सभापतिमा उमेदवारी दिने सन्दर्भमा निधिले संयोजक डा. शशांक कोइरालालाई समेत आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । निधिले प्रदेश महाधिवेशनमा सहभागीहरूदेखि विभिन्न जिल्ला, क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसंग समेत घनीभूत विमर्श सुरु गर्नुभएको छ । भनिन्छ : निम कांग्रेसमा सभापतिका दावेदारहरूको संख्या निकै भएपनि अन्तमा निर्विरोध चयन गरिने सम्भावना रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साउदीको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रमा आक्रमण
Latest NewsJust now

साउदीको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रमा आक्रमण

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको रास तनुरा तेल प्रशोधन केन्द्र र रियादको वित्तीय जिल्लामा आक्रमण गरिएको बताएका छन्। बीबीसी फारसीका अनुसार हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रिफाइनरीमा आक्रमण भएपछि आगलागी भएको बताएका छन्। उनले रियादको वित्तीय जिल्लालाई तीन चरणमा निसाना बनाइएको दाबी पनि गरेका छन्। रस तनुरा तेल प्रशोधन केन्द्र साउदी अरेब... ...

नेपालखबर
कस्तो रहला आजको मौसम ?
Latest NewsJust now

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँके, दाङ लगायत तराईको धेरै ठाउँमा हुस्सु तथा तुवाँलो लागेको छ । बाँकी... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमण : आपसी विश्वास बढाउन सफल
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : आपसी विश्वास बढाउन सफल

काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबिचको आपसी विश्वासको पदचापलाई केही कदम अगाडि बढाउन सफल भएको कूटनीतिज्ञ एवं विज्ञहरूको निष्कर्ष छ ।... ...

गोरखापत्र
शेख हसिना सुम्पन बंगलादेशको अनुरोधमा यसो भन्छ भारत
Latest NewsJust now

शेख हसिना सुम्पन बंगलादेशको अनुरोधमा यसो भन्छ भारत

बंगलादेशले भारतलाई आफ्ना पूर्वप्रधानमन्त्री शेख हसिना प्रत्यर्पण (फिर्ता) गर्न माग गरिरहेको छ।  विद्यार्थी आन्दोलनले सत्ताच्युत भएपछि २०२४ अगस्ट ५ तारिख हेलिकप्टर चढेर भागेकी हसिना त्यसयता भारतमै छिन्।  बंगलादेशले बारम्बार उनको सुपुर्दगी माग गरे पनि भारतले सुनुवाइ गरिरहेको छैन।  यसैबिच बुधबार भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement