कांग्रेसको नयाँ नेतृत्वलाई निर्वाचन समितिले दियो १ करोड रुपैयाँ

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनपछि आफ्नो खातामा रहेको रकममध्ये १ करोड रुपैयाँ पार्टीको केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव हुन नदिन समितिले उक्त रकम बराबरको चेक केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टीलाई उपलब्ध गराइएको हो । समितिका अनुसार निर्वाचन सम्पन्न गर्ने क्रममा संकलित कुल रकमको हिसाबकिताब टुङ्ग्याउने काम भने जारी छ । निर्वाचन समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनै पनि प्रकारको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा काम गरेको जनाएका छन् । सोही क्रममा बचत भएको रकम पार्टीको संगठनात्मक सुदृढीकरण र नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको समितिले स्पष्ट पारेको छ । नवनिर्वाचित सभापति गगनकुमार थापासहितको नयाँ नेतृत्वलाई राजनीतिक तथा सांगठनिक गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत आवश्यक पर्ने भएकाले सहयोग गरिएको समितिको भनाइ छ । नयाँ नेतृत्वलाई शुभकामना दिनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै समितिले पार्टीको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आर्थिक सहयोगसमेत आवश्यक रहेको जनाएको छ । सोही आवश्यकतालाई ध्यानमा राखेर १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको समितिले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बाढीका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ मानसिक तनाव
सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा डर, चिन्ता र निद्रामा समस्या हुन सक्ने विज्ञको चेतावनी ...

विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान… ...

हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी
३१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले हिकमत बहादुर शाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । दैलेखका १८ वर्षीय हिकमत कर्णाली याक्सको सुर्खेतमा आयोजित ट्यालेन्ट हन्टमा सहभागी भएका थिए । यो पटक सुर्खेत र सल्यानको ट्यालेन्ट हन्टबाट हिकमतसँगै रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का दोस्रो चरणको… ...

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिएका हुन् । प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट नो ...


