कांग्रेस १५औं महाधिवेशनमा सर्वाधिक मत पाउने १० नेता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन्। उनले ६ हजार ५८४ मत पाएका छन्। सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० नेताहरुको सूचीमा सभापति थापासहित सहमहामन्त्री, खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य र विभिन्न कलस्टरबाट निर्वाचित केन्द्रीय सदस्यहरू छन्। सूचीको दोस्रो स्थानमा खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन् । उनले ५ हजार ३३० मत प्राप्त गरेका छन्। खुला महिला केन्द्रीय सदस्य बसना थापा ५ हजार १९३ मतसहित तेस्रो स्थानमा छिन्। काठमाडौं उपत्यका, बागमती प्रदेश महिला केन्द्रीय सदस्य हरिप्रभा खड्की ५ हजार १२६ मतसहित चौथो स्थानमा रहँदा महिला सहमहामन्त्री प्रतिमा गौतम ५ हजार ११६ मतसहित पाँचौँ स्थानमा छिन्। त्यस्तै, खुला केन्द्रीय सदस्य निष्कल राईले ४ हजार ९५६, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य तीर्थ लामाले ४ हजार ८५३ र दलित सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले ४ हजार ८०३ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ र युवा केन्द्रीय सदस्य इन्जिनियर सुभाष पौडेल ४ हजार ५४९ मतसहित दसौँ स्थानमा छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...
_52AEWNi67y.jpg)
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...


