कांग्रेस महाधिवेशन मतपरिणाम : गगन पहिलो, चिरीबाबु दोस्रो, शीर्ष १० मा परे को–को ? (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन् । सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन् । यो कुल मतको ९४.६ प्रतिशत हो । खड्काले भने ३७५ मत अर्थात् ५.४ प्रतिशत मत प्राप्त गरेका छन् । महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने शीर्ष १० को सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित सदस्यहरू परेका छन् । उपलब्ध मतपरिणामअनुसार दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका प्रमुखसमेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन् । उनले ५ हजार ३३० मत प्राप्त गरेका छन् । यो कुल मतको ७७.५ प्रतिशत हो । तेस्रो स्थानमा वासना थापा रहेकी छन् । महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित उनले ५ हजार १९३ मत अर्थात् ७४ प्रतिशत प्राप्त गरेकी छन् । त्यस्तै, बागमती प्रदेशबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा रहेकी छन् । उनले ७३.८ प्रतिशत मत प्राप्त गरेकी छन् । महिला सहमहामन्त्रीमा निर्वाचित प्रतिमा गौतम ५ हजार ११६ मतसहित पाँचौँ स्थानमा रहेकी छन् । उनले ७२.९ प्रतिशत मत प्राप्त गरेकी छन् । खुला केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राई ४ हजार ९५६ मतसहित छैटौँ स्थानमा छन् । उनको मत प्रतिशत ७२ रहेको छ । दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मतसहित सातौँ स्थानमा छन् । उनले ६९.२ प्रतिशत मत प्राप्त गरेका छन् । जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मतसहित आठौँ स्थानमा रहेको विवरणमा उल्लेख छ । खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ स्थानमा छन् । उनले कुल मतको ६८.८ प्रतिशत प्राप्त गरेका छन् । त्यस्तै, गण्डकी प्रदेशबाट ३५ वर्षमुनिको युवा केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेल ४ हजार ५४९ मतसहित शीर्ष १० मा परेका छन् । उनले ६५.८ प्रतिशत मत प्राप्त गरेका छन् । सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवार १. गगनकुमार थापा : सभापति– ६,५८४ मत (९४.६ प्रतिशत) २. चिरीबाबु महर्जन : खुला केन्द्रीय सदस्य– ५,३३० मत (७७.५ प्रतिशत) ३. वासना थापा : महिला खुला केन्द्रीय सदस्य– ५,१९३ मत (७४ प्रतिशत) ४. हरिप्रभा खड्गी : बागमतीबाट महिला केन्द्रीय सदस्य– ५,१२६ मत (७३.८ प्रतिशत) ५. प्रतिमा गौतम : महिला सहमहामन्त्री– ५,११६ मत (७२.९ प्रतिशत) ६. निश्कल राई : खुला केन्द्रीय सदस्य– ४,९५६ मत (७२ प्रतिशत) ७. प्रकाश रसाइली ‘स्नेही’ : दलित सहमहामन्त्री– ४,८०३ मत (६९.२ प्रतिशत) ८. तीर्थ लामा : जनजाति केन्द्रीय सदस्य– ४,८५३ मत (६९.१ प्रतिशत) ९. इन्द्रबहादुर बानियाँ : खुला केन्द्रीय सदस्य– ४,७३२ मत (६८.८ प्रतिशत) १०. इन्जिनियर सुवास पौडेल : गण्डकीबाट ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य– ४,५४९ मत (६५.८ प्रतिशत)
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

पुँजी बजारको परिमाणात्मक छलाङ : जुट मिलदेखि ८० लाख डिम्याटसम्म
काठमाडौँ । नेपालमा पुँंजी बजारको इतिहास ९ दशक लामो भइसकेको छ । ९० वर्षको अन्तरालमा नेपाली पुँजीबजारको विकासले धेरै ठुलो छलाङ मारेको देखिन्छ । यद्यपि यसलाई व्यवस्थित बनाउन अझै धेरै... ...

वेष्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल एनपीएलमा, विराटनगरबाट खेल्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। ...

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको […] ...
घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम
जुम्ला। घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम भएका छन्। स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा... ...


