कहिले पुरा होला कर्णालीमा निर्धक्कसँग यात्रा गर्ने सपना पुरा

सुर्खेत । नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चिनको सिमाना हिल्सा गएर टुगिँने कर्णाली कोरिडोर निर्माणको भाका लम्बिएको छ । ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट निर्माणको काम चलिरहेको छ । अस्थायी ट्याक औपनको काम पुरा भएको यो खण्डमा अब स्तरोन्नति काम सुरु गरिएको छ । मृत्यु मार्ग भन्दै बङ्ग्या खेपिरहेको यो कोरिडोर भारी मात्रामा सुधारको खाचो रहेको छ ।
हाल कर्णाली कोरिडोरअन्तर्गत बाजुरा हुँदै हुम्लातर्फ जाने सडक स्तरोन्नतिको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । दक्षिण खण्डको खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत निर्माण भइरहेका दुई खण्डको प्रगति कमजोर देखिएपछि समग्र आयोजना सम्पन्न गर्ने समयसमेत पछाडि सारिएको छ ।

खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत १२३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य छ । तर, आर्थिक वर्ष २०२÷३ देखि निर्माण सुरु गरिएका पिलुचौर–कुवाडी र कुवाडी–तुम्च खण्डको कामले गति लिन सकेको छैन । आर्थिक वर्ष २०३÷४ को असोजसम्म पिलुचौर–कुवाडी खण्डको वित्तीय प्रगति ३५ प्रतिशत पुगेको छ भने कुवाडी–तुम्च खण्डको वित्तीय प्रगति आठ प्रतिशत मात्रै छ ।

यी दुई खण्डमा कुल तीन अर्ब ६ करोड रुपैयाँभन्दा बढीका ठेक्का सम्झौता भएका छन् । दुवै खण्डको निर्माण सम्पन्न गर्ने मिति २०५ असार २५ तोकिएको छ । यद्यपि, समग्र खुलालु–सल्लिसल्ला सडक योजनाको सम्पन्न गर्ने लक्ष्य भने आर्थिक वर्ष २०४÷५ बाट संशोधन गरी आर्थिक वर्ष २०८९÷९० पु¥याइएको छ ।

कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु–सल्लिसल्ला सडक योजनाका प्रमुख विष्णु दाश लामाका अनुसार पिलुचौरदेखि कुवाडीसम्मको २३.७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का पीएस कन्स्ट्रक्सनले पाएको छ । २०२ असार २० गते सम्झौता भएको यस ठेक्काको रकम एक अर्ब ९० करोड १ लाख ९८ हजार ७३७ रुपैयाँ ४२ पैसा छ । असोजसम्म यस खण्डको वित्तीय प्रगति ३५ प्रतिशत पुगेको लामाले जानकारी दिए ।

त्यस्तै, कुवाडीबाट तुम्चसम्मको २६.३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का सिंह–कन्टेक जेभीले पाएको छ । २०८२ असार २० गते नै सम्झौता भएको यस ठेक्काको रकम एक अर्ब ९५ करोड ८४ लाख ५२ हजार १५३ रुपैयाँ ७५ पैसा छ । तर, असोजसम्म यस खण्डको वित्तीय प्रगति आठ प्रतिशत मात्रै रहेको लामाले बताए ।

दुवै ठेक्काको कुल रकम तीन अर्ब ८६ करोड तीन लाख ५० हजार ८९१ रुपैयाँ १७ पैसा रहेको छ । ठेक्काअन्तर्गत सडक संरचना निर्माण, रिजिड पेभमेन्ट, डीबीएसडी कालोपत्रे, ट्राफिक सुरक्षा तथा बायोइन्जिनियरिङका काम गर्नुपर्नेछ ।

१२३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य

कर्णाली कोरिडोर दक्षिण खण्डअन्तर्गत खुलालु–सल्लिसल्ला सडक योजनाको कुल लम्बाइ १२३ किलोमिटर छ । बाजुराको कोल्टामा २०० मङ्सिर १३ गते योजना कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो । आर्थिक वर्ष २००÷८१ देखि छुट्टै कार्यालयमार्फत सडक स्तरोन्नतिको काम सुरु गरिएको आयोजना प्रमुख लामाले बताए ।

यसअघि खुलालु–पिलुचौर–सल्लिसल्ला सडकको ट्र्याक नेपाली सेनाले खोलेको थियो । अहिले उक्त सडकलाई दुई लेनमा स्तरोन्नति गरी कालोपत्रे गर्ने र आवश्यक स्थानमा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको प्रारम्भिक अनुमानित लागत १२ अर्ब रुपैयाँ छ । सम्पूर्ण सडक खण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नति गर्दा लागत बढेर १४ अर्ब रुपैयाँसम्म पुग्न सक्ने आयोजना प्रमुख लामाले जानकारी दिए ।

आयोजनाको प्रारम्भिक सम्पन्न गर्ने लक्ष्य आर्थिक वर्ष २०४÷५ राखिएको थियो । तर, संशोधित लक्ष्य आर्थिक वर्ष २०९÷९० तोकिएको छ । आयोजना प्रमुख लामाका अनुसार १२३ किलोमिटर सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । त्यसमध्ये ५० किलोमिटर सडकको स्तरोन्नति आर्थिक वर्ष २०२÷८३ देखि भइरहेको छ ।

थप ४१ किलोमिटर सडकको ठेक्का व्यवस्थापन भइसकेको र चाँडै निर्माण सुरु गर्ने तयारी रहेको लामाले बताए । सडकमा १५ वटा पुल आवश्यक पर्ने देखिएको छ । हाल रहेका बेली ब्रिज विस्थापन गरी पक्की पुल निर्माण गर्नसमेत ठेक्का व्यवस्थापन भइसकेको उनले जानकारी दिए ।

उत्तर खण्डमा पनि स्तरोन्नतिको काम

कर्णाली कोरिडोर उत्तर खण्डअन्तर्गत हिल्सा–सिमिकोट–सल्लिसल्ला सडकको काम पनि भइरहेको छ । १४६ किलोमिटर लम्बाइको यस खण्डको ट्र्याक खोल्ने काम पूरा भएको योजना प्रमुख इन्जिनियर बेलबहादुर नेपालीले बताए ।

उनका अनुसार सल्लिसल्लादेखि खार्पुनाथसम्मको ३८ किलोमिटरमध्ये ३२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । बाँकी ६ किलोमिटर सडक ग्राभेल गर्न पनि ठेक्का व्यवस्थापन गरिएको छ । त्यस्तै, सिमिकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको नेपालीले जानकारी दिए ।

भारतदेखि चीनको सीमासम्म जोड्ने लक्ष्य

कर्णाली कोरिडोरलाई भारतको सीमावर्ती जमुनाहदेखि चीनको सीमा हिल्सासम्म जोड्ने महत्त्वपूर्ण सडकका रूपमा विकास गर्ने लक्ष्य छ । जमुनाहदेखि हिल्सासम्मको कुल दूरी ५०५ किलोमिटर छ भने नेपालगन्जदेखि सिमिकोटसम्मको दूरी ४३७ किलोमिटर छ ।

कोरिडोर उत्तर खण्डअन्तर्गत हिल्सा–सिमिकोट–सल्लिसल्ला सडक योजना १४६ किलोमिटर र दक्षिण खण्डअन्तर्गत खुलालु–सल्लिसल्ला सडक योजना १२३ किलोमिटर लामो छ । यी दुई खण्डको कुल लम्बाइ २६९ किलोमिटर हुन्छ । दक्षिण खण्डको सडकले कालिकोट, बाजुरा, मुगु र हुम्लाका बासिन्दालाई यातायात सेवासँग जोड्ने अपेक्षा गरिएको छ । राज्यले लगानी भारी मात्रामा भएमा कर्णालीका जनताले सहज रूपमा यात्रा गर्न पाउने सपना छिट्टै पुरा हुने कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बताए ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक
रुस-युक्रेन युद्ध अब आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस्तो अवस्थामा रुसको निरन्तरको ड्रोन आक्रमणले युक्रेनी सैनिकहरूलाई जमिनमा खुलेआम हिँडडुल गर्न मुस्किल बनाएको छ। ...

तमोरको बगरमा ड्रागन फलको हरियाली (तस्वीरहरू)
१३ कात्तिक, धनकुटा । नेपालका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो छ भने परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी गर्न सकेका छैनन् । जमिनको प्रकृति, सिँचाइ अभाव र बजारको चुनौतीका कारण कतिपय स्थानमा खेतीप्रतिको आकर्षणसमेत घट्दै गएको छ । तर, उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्न सके कम उत्पादन दिने जमिनबाट पनि राम्रो… ...

फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी
फ्रान्समा बढ्दो महँगीको विरोधमा लगातार तेस्रो सप्ताहान्त पनि प्रदर्शन भएको छ । सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा वामपन्थी नेता जाँ–लुक मेलँसों शनिबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् । फ्रान्सेली समाचार संस्था फ्रान्स २४ का अनुसार शनिबारको प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भएका थिए । मेलँसों गत अक्टोबर २४ मा भएको प्रदर्शनमा पनि सहभागी भएका थिए । फ्रान्सको ...

आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने
१५ कात्तिक, काठमाडौं । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा… ...