Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कस्तो होला आज बडादशैँको टिकाको दिनको मौसम ?

कस्तो होला आज बडादशैँको टिकाको दिनको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो होला आज बडादशैँको टिकाको दिनको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै महाशाखाले दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ । The post कस्तो होला आज बडादशैँको टिकाको दिनको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

टीकाको राजनीति
ताजा खबरJust now

टीकाको राजनीति

बर्दियाको राजापुर नगरपालिका-९, तिनघरवामा यस वर्ष दसैँको रौनक छैन। घरघरमा जमरा राखिएको छ, कुलदेवताको पूजा भइरहेको छ। तर गाउँका पाँच परिवार बाढीमा परी सम्पर्कविहीन भएका आफन्तको प्रतीक्षामा छन्। रोजगारीका लागि रसुवा पुगेका उनीहरू गत १० भदौमा आएको भोटेकोशी बाढीमा परेका थिए। प्रदीप थारूकी पत्नी सिर्जना थारू र सुरेश थारूकी पत्नी रमिता थारूका लागि यो दसैँ विगतका वर्षजस्तो छैन। गाउँका बरघर बरुण ...

नेपालन्युज
गाजा युद्धपछिको पहिलो निर्वाचन : इजरायलको सत्ता कसको हातमा जाला?
ताजा खबरJust now

गाजा युद्धपछिको पहिलो निर्वाचन : इजरायलको सत्ता कसको हातमा जाला?

तेल अभिभ । गाजामा प्यालेस्टिनीहरूमाथिको नरसंहार र लेबनान तथा इरानमाथिको युद्धपछिको पहिलो आम निर्वाचनमा २६औँ नेसेट (संसद्) चुन्न इजरायलीहरू अक्टोबर २७ मा मतदान गर्दैछन्। इजरायलको इतिहासमा सबैभन्दा लामो समय (१९ वर्ष)... ...

रातोपाटी
बडादशैँमा सभामुखको शुभकामना सन्देश, भ्रातृत्व र सामाजिक एकतामा जोड
ताजा खबरJust now

बडादशैँमा सभामुखको शुभकामना सन्देश, भ्रातृत्व र सामाजिक एकतामा जोड

समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। ...

हाम्राकुरा
राष्ट्रिय विपत्तिको पीडामा साथ बाँड्दै दसैं मनाउन सभापति गगन थापाको आग्रह
ताजा खबरJust now

राष्ट्रिय विपत्तिको पीडामा साथ बाँड्दै दसैं मनाउन सभापति गगन थापाको आग्रह

दुःखमा परेका परिवारको पीडामा मलम लगाउन, आफ्नो खुसी बाँड्न र एकअर्काको सहारा बन्न उनले सबैलाई आग्रह गरेका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play