कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

रवि लामिछाने भारत प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। ...

क्रसरको पानी पोखरीमा डुबेर सुनकाेसीमा आमाछोरीको मृत्यु
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका बेला बालिका खेल्ने क्रममा डुबेकी थिइन्। छोरी पोखरीमा डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी ...

बंगलादेशका अलराउन्डर मोहम्मद सैफुद्दिनले पोखरा एभेन्जर्सबाट खेल्ने
६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। सैफुद्दिन पोखराले अनुबन्ध गरेको तेस्रो बंगलादेशी खेलाडी हुन्। उनी टोलीका पाँचौं विदेशी खेलाडी पनि हुन्। पोखराले यसअघि बंगलादेशका शाकिब अल हसन र महेदी हसन तथा श्रीलंकाका धनन्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ।… ...

रवि लामिछाने भारततर्फ प्रस्थान
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ । ...


