कर्णालीमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या सुर्खेतमा उच्च

कर्णाली । कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको संख्या सुर्खेतमा उच्च पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ को अभिलेखमा सवारी दुर्घटनाबाट सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालक गरी ३७ जनाको मृत्यु भएको हो । रुकुमपश्चिममा १२ पुरुष, चार महिला, दुई बालक र चार बालिका गरी २२ तथा सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१ जनाको मृत्यु भएकोे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए । त्यस्तै, सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१, कालिकोटमा ११ पुरुष, एक महिला र एक बालिका गरी १३, दैलेखमा आठ पुरुष, तीन महिला र एक बालक गरी १२, जाजरकोटमा सात पुरुष, एक महिला र एक बालक गरी नौ, हुम्लामा पाँच पुरुष, एक महिला, एक बालक र एक बालिका गरी आठजनाको ज्यान गएको छ । जुम्लामा तीन पुरुष, एक बालकसहित चार, डोल्पामा छ पुरुष र मुगुमा तीन पुरुषको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरी उपरीक्षक घर्तीले बताए । त्यसैगरी, वर्षभरिको सवारी दुर्घटनामा सुर्खेतमा ७१३ पुरुष, ३०० महिला, ११५ बालक र ६७ बालिका गरी जम्मा एक हजार १९५, रुकुमपश्चिममा १४१ पुरुष, ६२ महिला, ३३ बालक र २६ बालिकासहित २६२, सल्यानमा ९७ पुरुष, ५९ महिला, २३ बालक र २३ बालिका गरी २०२, दैलेखमा ११९ पुरुष, ६० महिला, १४ बालक र सात पुरुष गरी २०० जना घाइते भएको उनले बताए । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



