कर्णालीको सुखद सुरुवात, जनकपुर पराजित

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। त्यसैगरी मोइन अली र हरमित सिंहले समान १९ रन बनाए भने जेम्स निसमले १५ रन जोडे। मयन यादवले १४ तथा अनिल शाहले ११ रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए। त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो। कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए। उनले ३७ बलमा तीन छक्का प्रहार गरे। दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे। जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि २ विकेट हात पारे। ललित राजवंशीले १ विकेट लिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपाली श्रमिकका लागि मलेसियामा रोजगारी बन्द
मलेसियाले १५ असोजदेखि नयाा श्रमिकको स्वास्थ्य परीक्षण बन्द गरेपछि नयाा भिसा जारी हुन सकेको छैन ...

वर्षाको त्रासले किसानलाई धान भित्र्याउन हतारो
वर्षाको जोखिमलाई ध्यानमा राख्दै नार्कको सुझाव— ‘वर्षा रोकिएपछि मात्रै धान काट्नू’ ...

कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि एक खर्ब ४० अर्बको परियोजना
काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न रु एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ । परियोजनामा कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायिक उत्पादन, पूर्वाधार विकास, कृषकलाई... ...

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन् । मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष... ...


