नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत कर्णाली याक्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोज दबाबमा परेको छ । चितवनले ९ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ५८ रन बनाएको छ । क्रिजमा डान मुसली ६ र कुशल मल्ल २ रनमा खेलिरहेका छन् । चितवनले कमिल मिश्रा २५, देव खनाल १४, कप्तान सिकन्दर राजा २ र विवेक यादवलाई ६ रनमा गुमाएको छ । चितवनले जितका लागि अब बाँकी ११ ओभरमा ९६ रन बनाउनुपर्नेछ । जारी प्रतियोगितामा चितवनले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । यता कर्णाली भने प्लेअफ दौडबाट बाहिरिसकेको टोली हो...
कर्णालीको लक्ष्य पछ्याउँदा चितवन दबाबमा, ९ ओभरमै गुमायो चार विकेट

Read Complete Original Article
Published originally on फरकधार






