Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
Photo / Coverage: कर्पोरट खबर

टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्तसम्बन्धी करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई नयाँ सदस्यका रूपमा समावेश गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए । विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको आगामी अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग पनि अर्थमन्त्रीले भेटवार्ता गरेका थिए । सो क्रममा विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको उनको सचिवालयले जनाएको छ । नेपालले कोप–३१ मा उठाएका विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए । छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसङ्घका महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए ।त्यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे छलफल गरेका थिए । जेनेभास्थित विश्व मौसम विज्ञान सङ्गठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि उनले सम्बोधन गरेका थिए । The post अर्थमन्त्री वाग्ले स्वदेश फर्किए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई घाइते
Latest NewsJust now

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई घाइते

काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक र कार्गो विमान आपसमा ठोक्किएका छन् । शनिबार राति भएको दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । पनामा सिटीबाट आएको कोपा एयरलाइन्सको यात्रुवाहक विमान विमानस्थलको ट्याक्सीवेमा गुडिरहेको थियो । त्यही क्रममा त्यसको पखेटा यूपीएसको कार्गो विमानको अघिल्लो भागमा ठोक्किएको हो । दुर्घटनाका बेला यात्रुवाहक विमानमा १६६ जना […] ...

लोकपथ
आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार
Latest NewsJust now

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यको रूपमा विकास हुँदै गएको हो । नदी किनारमा चटपट तथा पानीपुरीको ठेला राख्दै आएका माधव अर्यालले ...

केन्द्रबिन्दु
आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार
Latest NewsJust now

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय... ...

रातोपाटी
आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार
Latest NewsJust now

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार

नवलपरासी।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यको रूपमा विकास हुँदै गएको हो। नदी किनारमा चटपट तथा पानीपुरीको ठेला राख्दै आएका माधव अर्यालले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play