Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार

Share:WhatsAppFacebookX (Twitter)Telegram
आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार
Photo / Coverage: केन्द्रबिन्दु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यको रूपमा विकास हुँदै गएको हो । नदी किनारमा चटपट तथा पानीपुरीको ठेला राख्दै आएका माधव अर्यालले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकहरुको उपस्थिति उल्लेख्य रहने गरेको बताए । “सामान्य दिनमा २००/२५० जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा सार्वजनिक बिदाको दिनमा ५०० को हाराहारी पुग्छन्”, उनले भने, “तिहारको बेला यहाँ दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा आगन्तुक आएका थिए ।” तिहारलगत्तै परेको बिदाका दिनमा परिवार तथा टोलका मानिसको ३०–३५ वटा समूह दैनिक रूपमा वनभोज खानकै लागि यहाँ आउने गरेका अर्यालले जानकारी दिए । ब्रम्हस्थानको नारायणी हाइट क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोही, नदीको पारिपट्टी रहेको चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्यले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका उनको भनाइ छ । यहाँ घुम्न आउने मानिसहरुले सुन्दरतासँग फोटो खिच्ने तथा टिकटक भिडियो बनाउने गरेका अर्यालले बताए । यस क्षेत्रमा पर्यटकहरुको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भ (भ्यूटावर)सहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भएपनि बजेट अभावमा भ्यूटावर निर्माण अलपत्र परेको स्थानीय सुवास नेपालले बतए । यहाँ स्थानीय भूतपूर्व सैनिकको पहलमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको उनले बताए । “ब्रम्हस्थानको यस पार्कमा मानिसहरु दृश्वालोकनसँगै ड्राइ पिकनिक, पिकनिकका लागि आउने गरेका छन्”, उनले भने, “पार्कभित्र पिकनिक स्पोटसमेत रहेकाले पछिल्लो समय ब्रम्हस्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।” पार्क नजिकै रहेका होटलहरुमा नारायणी नदीको माछा तथा थारु र बोटे समुदायको मौलिक खानाको स्वाद लिन पाइने भएकाले पनि मानिसहरु ब्रम्हस्थान आउने गरेका स्थानीय व्यवसायी गीता कुमालले बताए । “यहाँ छिमेकी जिल्ला चितवन, तनहुँ, रुपन्देहीबाटसमेत मानिसहरु घुम्न आउने गरेका छन्”, उनले भने, “एकपटक आएका मानिसहरु यहाँको सुन्दरताका कारण पटकपटक आउने गरेका छन् ।” यहाँ पार्कबाहेक अन्य संरचना निर्माण नहुँदै मानिस आउन थालेका भन्दै कुमालले यस क्षेत्रको प्रर्वद्धन र प्रचारप्रसार गर्न सके नवलपुरकै मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास हुने सम्भावना रहेको बताए । मध्यविन्दु–७ चोरमाराबाट परिवारसहित पारिवारिक वनभोजम आएका जयश्वर भण्डारीले यहाँको दृश्यावलोकनले आफूलाई आकर्षित गरेको बताए । “परिवारका सदस्य भेला भएको बेला चार पाँच घण्टा समय मिलेमा घुम्न आउने ठाउँ बनेको छ”, उनले भने, “घरबाट सवारीसाधनमा आधा घण्टामा पुगिने र प्रकृतिमा समय बिताउन पाउने भएपछि सबै जना खुसी हुन्छन् ।” घरबाट नजिकै पारिवारिक रूपमा रमाउन उपयुक्त ठाउँ ब्रम्हस्थान भएपछि उहाँहरु परिवार र छिमेकी गरी २० जनाको समूहमा घुमफिर र रमाइलो गर्न आएको भण्डारीले बताए । मध्यविन्दु–७ बाटै परिवारसहित आउनुभएका लोकनाथ भण्डारीले तिहारको बेला जम्मा भएका चेलीबेटी लिएर घुमफिरका लागि आएको बताए । “तिहारको बेला घरमा भेला भएका छोरी तथा नातीनातिना लिएर यहाँको पार्कमा आएका छौँ”, उनले भने, “पार्क राम्रो लाग्यो । तर, यो पार्क अलि व्यवस्थित भएको रहनेछ, पार्क वरिपरी सरसफाइमा ध्यान दिनुपर्‍यो ।” पार्कमा भन्दा नदी किनारमा मानिस धेरै बस्ने गरेका भन्दै उनले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्नेमा जोड दिए । “नदी किनारबाट नदी अवलोकन सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ”, उनले भने , “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ ।” व्यवस्थित र पर्याप्त बस्ने ठाउँको अभावमा मानिसहरु नदीको ढिकमा उभिने, नदी तटबन्ध गरिएको ग्याभिनमा गएर फोटो, भिडियो (श्रव्यदृश्य) बनाउने गरेको दृश्य देखिएको भन्दै भण्डारीले यसलाई सुरक्षित पार्न स्थानीय समिति लाग्नुपर्ने बताए । “ब्रम्हस्थान किन जाने भनेर भन्दा नारायणी, गोही, गैँडा, निकुञ्ज, सूर्यास्तको दृश्यावलोकन गर्न भनेर भन्न सकिन्छ”, उनले भने, “अब यस स्थानलाई सुरक्षित र केही भौतिक संरचना थप्दा जिल्लाकै प्रमुख गन्तव्य बन्न सक्छ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई घाइते
Latest NewsJust now

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई घाइते

काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक र कार्गो विमान आपसमा ठोक्किएका छन् । शनिबार राति भएको दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । पनामा सिटीबाट आएको कोपा एयरलाइन्सको यात्रुवाहक विमान विमानस्थलको ट्याक्सीवेमा गुडिरहेको थियो । त्यही क्रममा त्यसको पखेटा यूपीएसको कार्गो विमानको अघिल्लो भागमा ठोक्किएको हो । दुर्घटनाका बेला यात्रुवाहक विमानमा १६६ जना […] ...

लोकपथ
आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार
Latest NewsJust now

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय... ...

रातोपाटी
आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार
Latest NewsJust now

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार

नवलपरासी।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यको रूपमा विकास हुँदै गएको हो। नदी किनारमा चटपट तथा पानीपुरीको ठेला राख्दै आएका माधव अर्यालले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा ...

नेपालन्युज
सरकार ढंगले चलेको छैन, घेराबन्दी चिर्न हामी सक्षम छौं -गगन थापा
Latest NewsJust now

सरकार ढंगले चलेको छैन, घेराबन्दी चिर्न हामी सक्षम छौं -गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार ढंगले सञ्चालन हुन नसकेको टिप्पणी गर्दै आफूहरूले सामना गरिरहेका घेराबन्दी र अवरोधलाई चिर्दै अघि बढ्ने बताएका छन् । छठ मनाउन सर्लाही झरेका सभापति थापाले एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अघिल्लो निर्वाचनबाट नागरिकले दिएको जिम्मेवारीअनुसार आफूहरू प्रतिपक्षमा बसेर सरकार सञ्चालनमा सहयोग र खबरदारी गरिरहेको उनले बताए । साथै आफूहरुविरुद्ध विभिन्न षड्यन्त्र र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play