कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज जारी तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितको लागि १३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको हो। कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए। उनले ३७ बलमा तीन छक्का प्रहार गरे। दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे। जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि दुई विकेट हात पारे। ललित राजवंशीले एक विकेट लिए। जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कर्णालीको सुखद सुरुवात, जनकपुर १९ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११३ रनमा अलआउट गर्यो। कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलातले समान ३ विकेट लिए। युनिसले ४ ओभरमा २२ तथा हुसेनले २६ रन खर्चिए। ...

पुनर्स्थापनामा दबाब दिन नुवाकोटका बाढीपीडितले गठन गरे संघर्ष समिति
विदुर नगरपालिकाका १० वटा वडा, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका २–२ वटा वडा तथा किस्पाङ गाउँपालिकाका पीडितले ३३ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । ...

जनकपुरलाई स्तब्ध पार्दै कर्णालीको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात... ...

जनकपुरका अभिषेक तिवारी २० रन बनाएर आउट
काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा अभिषेक तिवारी २० रन बनाएर आउट भएका छन्। मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा उनले १७ बलमा २० रन बनाएका हुन्। जनकपुरले १९... ...


