कर्णाली याक्समा पाकिस्तानका हुसैन तलातको इन्ट्री

काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टेस्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ। क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्र्याएको हो। लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेलिरहेका छन्। तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन्। त्यस्तै ६३ विकेट लिएका छन्। यस क्रममा उनले दुई अर्धशतक बनाएका थिए। एकदिवसीयतर्फ १२ खेल खेल्दा उनले २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन्। लिसट एमा भने १२५ खेल खेल्दा ३ हजार ७५४ रन बनाएका छन्। यस्तै, १४१ विकेट लिएका छन्। तलातको आगमनसँगै टिमको ब्याटर र बलिङ दुवै मजबुत भएको कर्णाली याक्स स्पोट्स् प्रालिका मालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन्। उनले आगामी दिनमा दुई चर्चित क्रिकेटर अनुबन्ध गर्ने पनि बताए। कात्तिक ९ गते सुरु हुने एनपीएल तेस्रो संस्करणका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन्। यस्तै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन्। यसैगरी कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ। The post कर्णाली याक्समा पाकिस्तानका हुसैन तलातको इन्ट्री appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

रैथाने बाली फापर भित्र्याइदै
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ। असारमा खेतबारीमा छरेको फापर बाली असोज-कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन्। हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो। समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको खेती योग्य जमिनमा फापर खेती गर्ने गरिएको छ। हिमाली जिल्ला मुस्ताङमा ...

दमाम विमानस्थलमा भएको आक्रमणमा घाइते ८ जनामध्ये एक नेपाली
बुधबार राति साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा घाइते भएका ८ जनामध्ये एक नेपाली भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले जनाएको छ। यद्यपि नाम-ठेगाना खुलाइएको छैन। घटनामा एक भारतीय र एक साउदी नागरिक मारिएका छन्। प्राधिकरणका अनुसार घाइते नेपालीसहित आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म छ। ... ...

नोबेलपछि पुलित्जर पुरस्कार नपाएको भन्दै ट्रम्प असन्तुष्ट
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारपछि लेखनका लागि पुलित्जर पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले एक सभामा उनले रुससँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलित्जर पुरस्कार पाएका पत्रकारहरूको आलोचना गर्दै उनीहरूले गलत समाचार लेखेको आरोप लगाए । ट्रम्पले विभिन्न युद्ध रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार नपाएको विषयमा पनि असन्तुष्टि दोहोराएका थिए । उनले अहिलेसम्म १९ ...

स्वदेशी निर्माणको वातावरणीय मूल्य
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत असोज ३० गते मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको जानकारी दिए। निर्देशिकाअनुसार प्राविधिक रूपमा उपयुक्त भएमा आयातित बिटुमिनमा आधारित कालोपत्रे सडकको विकल्पमा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा र अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ। केही सञ्चारमाध्यमले ‘अब बिटुमिन र अस्फाल्टका सडक बनाउनै नपाइने’ भन्ने शीर्षक दिए पनि उपलब्ध ...


