कर्णाली याक्सका शुभ कंसकार घाइते, अब कसले खेल्लान् ?

कर्णाली याक्सका शुभ कंसकार घाइते, अब कसले खेल्लान् ?
horizontal HDकाठमाडौं । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई परिवर्तन गरेको छ । भोलिबाट सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको लागि ब्याटर शुभ कंसकार कर्णाली याक्समा अनुबन्ध भएका थिए । तर, उनको हातको चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ । शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए । उनी भक्तपुरका खेलाडी समेत हुन् । योसँगै कर्णाली याक्सको घरेलु खेलाडीमा मार्की सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा रहेका छन् । यता, विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलर, पाकिस्तान ट्वान्टी २० क्रिकेट टिमका कप्तान साहिवजादा फर्हान, पाकिस्तानकै अलराउन्डर हुसैन तलात, स्कटल्यान्डका अलराउन्डर मार्क वाट, बंगलादेशका खेलाडीद्वय अरिफुल इस्लाम र अकबर अली अनुबन्ध भएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म ... ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् । नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका ३ वटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो । […] ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी... ...

पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्यले छोयो आकाश
पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्य ह्वात्तै बढेको छ। ...


