काठमाडौं । कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत बाजुरामा चारवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्। मन्त्री लम्सालका अनुसार बाजुराका जगन्नाथ र हिमाली गाउँपालिकामा पर्ने चारवटा खोलामा पुल निर्माणको काम अघि बढाइएको हो। जगन्नाथ गाउँपालिकाको भुक्का खोला र सेरा खोलामा पुल निर्माण गरिनेछ भने हिमाली गाउँपालिकाको बादु खोला र तुसारे खोलामा पनि पक्की पुल बन्नेछन्। पुल निर्माण भएपछि वर्षायाममा खोला तर्नुपर्ने स्थानीयवासीको बाध्यता हट्ने अपेक्षा गरिएको छ। साथै, बाढीका कारण कर्णाली करिडोरमा यातायात अवरुद्ध हुने समस्या पनि कम हुने मन्त्री लम्सालले बताएका छन्। यी पुल निर्माणले कर्णाली करिडोरको दक्षिण खण्डमा पर्ने बाजुराका दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्न र स्थानीयको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कर्णाली करिडोरको दक्षिण खण्डमा चार मोटरेबल पुल निर्माणको तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






