Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कृषि तथा पशुपन्छी व्यवसायी सङ्घद्वारा दानाको वैज्ञानिक मूल्य तोक्न सरकारसँग माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषि तथा पशुपन्छी व्यवसायी सङ्घद्वारा दानाको वैज्ञानिक मूल्य तोक्न सरकारसँग माग
Photo / Coverage: टक्सार

काठमाडौँ । पशु आहार (दाना) को अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न, गुणस्तर सुनिश्चितता कायम गर्न र वैज्ञानिक विधिबाट मूल्य निर्धारण गर्न नेपाल कृषि तथा पशुपन्छी व्यवसायी सङ्घले सरकारसँग माग गरेको छ । सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कच्चापदार्थको मूल्यवृद्धिको बहानामा दानाको भाउ निरन्तर बढाइँदा विशेषगरी गाईभैँसीपालन तथा दुग्ध उत्पादनमा संलग्न किसानहरू प्रत्यक्ष मारमा परेको जनाएको छ । दानाको लागत अत्यधिक बढ्दै जाने तर किसानले पाउने दुधको मूल्य सोही अनुपातमा समायोजन नहुँदा समग्र पशुपालन व्यवसाय नै जोखिममा परेको सङ्घको ठहर छ । नेपालको पशुपालन क्षेत्र दानाको कच्चापदार्थमा अत्यधिक परनिर्भर रहेको तथा मकै र भटमासको करिब ८० प्रतिशत तथा फिड सप्लिमेन्ट शतप्रतिशत विदेशबाट आयात हुने गरेको सङ्घको भनाई छ । भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्कअनुसार पशुपन्छी आहारा तथा सम्बन्धित वस्तुको आयातमा मात्र करिब २८ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । पछिल्लो समय भारतीय मकै प्रतिकिलो ३९ बाट ५४ रुपैयाँ र स्वदेशी मकै ३६ बाट ५० रुपैयाँभन्दा माथि पुगेको तथा भटमासको पिनासमेत महँगिएकाले दाना उत्पादन लागत करिब १५ प्रतिशतले बढेको उद्योगीहरूको भनाइ छ । सोही कारण देखाउँदै ब्रोइलर र लेयर्स दानामा मूल्यवृद्धि गरिए पनि गाईभैँसीको दानामा भएको मूल्यवृद्धिबारे भने स्पष्ट आधिकारिक विवरण सार्वजनिक नगरिएको भन्दै सङ्घले आपत्ति जनाएको छ । यसैगरी, देशभर सञ्चालनमा रहेका दाना उद्योगहरूको यकिन तथ्याङ्कमा समेत एकरूपता देखिएको छैन । राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको अभिलेखमा ७५ वटा उद्योग सूचीकृत छन् भने किसान पोर्टलमा ११८ र नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको विवरणमा ११५ वटा उद्योग उल्लेख छ । सरकारी र निजी क्षेत्रका अभिलेख फरक–फरक भएकाले वास्तविक रूपमा सञ्चालनमा रहेका उद्योगको सङ्ख्या, तिनको दैनिक उत्पादन क्षमता र बजार हिस्सा पारदर्शी रूपमा सार्वजनिक गर्न सङ्घको माग छ । समस्या समाधानका लागि संघले कच्चापदार्थको खरिद मूल्य, ढुवानी, उत्पादन लागत र उद्योगको उचित मुनाफा गणना गरी पारदर्शी तथा वैज्ञानिक विधिबाट दानाको मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिएको छ । साथै, विगत एक वर्षमा गाईभैँसी, कुखुरा र बंगुरका दानामा भएको मूल्यवृद्धि तथा विदेशबाट आयात हुने कच्चापदार्थको परिमाण र मूल्यको आधिकारिक विवरण सार्वजनिक गर्न सङघले माग गरेको छ । दानामा प्रयोग हुने मकै, भटमासको पिना र ढुटोमा ढुसी, अफ्लाटक्सिन तथा हानिकारक एन्टिबायोटिकको प्रयोग भए–नभएको नियमित प्रयोगशाला परीक्षण गरी गुणस्तरहीन दानाको बिक्रीमा कडा नियमन र अनुगमन गर्नुपर्ने सङ्घको भनाई छ । कच्चापदार्थ महँगिएर स्वदेशी दाना उद्योग सञ्चालन गर्न कठिन भएमा राज्यले उद्योगलाई कर छुट, अनुदान वा सहुलियतपूर्ण ऋण दिनुपर्ने तर उद्योगको सम्पूर्ण लागतवृद्धिको भार किसानमाथि थोपर्ने काम तत्काल बन्द हुनुपर्ने सङ्घले स्पष्ट पारेको छ । यस विषयमा दीर्घकालीन समाधान निकाल्न सरकार, दुग्ध विकास संस्थान, निजी डेरी उद्योग, दाना उद्योग, सहकारी र किसान प्रतिनिधि सम्मिलित उच्चस्तरीय बैठक तत्काल बोलाउन सङ्घको आग्रह छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सेयर बजार १२.२६ अंकले घट्यो, ५ अर्ब ३२ करोडको कारोबार
Latest NewsJust now

सेयर बजार १२.२६ अंकले घट्यो, ५ अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १२.२६ अंकले घटेर २६३५.३९ विन्दुमा झरेको हो । यस दिन कुल ३५४ वटा स्क्रिप्सको ४८... ...

रातोपाटी
राष्ट्रिय खेलकुद: जिम्न्यास्टिकका प्रारम्भिक प्रतिस्पर्धा सुरु
Latest NewsJust now

राष्ट्रिय खेलकुद: जिम्न्यास्टिकका प्रारम्भिक प्रतिस्पर्धा सुरु

वीरेन्द्रनगरस्थित मिनी कभर्ड हलमा महिला र पुरुषतर्फका ९० खेलाडीले विभिन्न जिम्न्यास्टिक विधामा प्रतिस्पर्धा गरिरहेका छन्। ...

कान्तिपुर
नेपालीले चार महिनामा पड्काए १३ करोडको चुइङ्गम, कुन देशबाट कति आयात भयो ?
Latest NewsJust now

नेपालीले चार महिनामा पड्काए १३ करोडको चुइङ्गम, कुन देशबाट कति आयात भयो ?

काठमाडौं । नेपालीले चुइङ्गम चपाएर मासिक करोडौं रुपैयाँ सकाएका छन् । भन्सार विभागद्वारा सार्वजनिक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को कार्तिक सम्ममा नेपालमा विदेशमा विभिन्न मूलुकबाट १३ करोड ४ लाख ७१ हजार रुपैयाँ बराबरको चुइङ्गम आयात भएको छ । कुन देशबाट कति आयात भयो ? नेपालमा चार महिनाकाे अवधिमा विश्वका १० देशबाट चुइङ्गम आयात भएको छ । अस्ट्रेलिया, बंगलादेश, चीन, हङकङ, भारत, ...

केन्द्रबिन्दु
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
Latest NewsJust now

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको अवसरमा आकर्षक उपहार योजनासमेत सञ्चालनमा ल्याएको हो । यस योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान जित्ने अवसर […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement