Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नेपालीले चार महिनामा पड्काए १३ करोडको चुइङ्गम, कुन देशबाट कति आयात भयो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालीले चार महिनामा पड्काए १३ करोडको चुइङ्गम, कुन देशबाट कति आयात भयो ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालीले चुइङ्गम चपाएर मासिक करोडौं रुपैयाँ सकाएका छन् । भन्सार विभागद्वारा सार्वजनिक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को कार्तिक सम्ममा नेपालमा विदेशमा विभिन्न मूलुकबाट १३ करोड ४ लाख ७१ हजार रुपैयाँ बराबरको चुइङ्गम आयात भएको छ । कुन देशबाट कति आयात भयो ? नेपालमा चार महिनाकाे अवधिमा विश्वका १० देशबाट चुइङ्गम आयात भएको छ । अस्ट्रेलिया, बंगलादेश, चीन, हङकङ, भारत, इजरायल, फिलिपिन्स, ताइवान (चीनको प्रान्त), संयुक्त राज्य अमेरिका र भियतनामबाट गरी कुल २ लाख ३३ हजार ९३८ किलो चुइङ्गम आयात भएको छ । भारतबाट मात्रै ८ करोड ७३ लाख ४७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ६१५ किलो चुइङ्गम आयात भएको छ । यो कुल आयातको ठूलो हिस्सा हो । दोस्रो स्थानमा ताइवान रहेको छ । त्यहाँबाट १ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको १५ हजार ४९८ किलो चुइङ्गम आयात भएको छ । त्यस्तै, चीनबाट ५३ लाख ८८ हजार रुपैयाँ बराबरको ८ हजार ४७ किलो र फिलिपिन्सबाट १ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको ७ हजार २२४ किलो चुइङ्गम भित्रिएको छ । बंगलादेशबाट १८ लाख ६७ हजार रुपैयाँ बराबरको ६ हजार ५४० किलो तथा अमेरिकाबाट ४२ लाख ३२ हजार रुपैयाँ बराबरको १ हजार २४६ किलो चुइङ्गम आयात भएको विभागको तथ्यांक छ । यसैगरी भियतनामबाट १३ लाख ८८ हजार रुपैयाँ बराबरको ७६३ किलो चुइङ्गम आएको छ । अस्ट्रेलियाबाट ३ किलो तथा इजरायल र हङकङबाट एक–एक किलो आयात भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सदस्यता प्रमाणितमा विनोद चौधरी र अन्यको भाषा फरक
Latest NewsJust now

सदस्यता प्रमाणितमा विनोद चौधरी र अन्यको भाषा फरक

काठमाडौँ । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्दा कांग्रेस केन्द्रीय कार्यालयले उनको सदस्यता प्रमाणित गर्न फरक भाषा प्रयोग गरेको तथ्य फेला परेको छ । कांग्रेसको... ...

रातोपाटी
विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिन महरको माग
Latest NewsJust now

विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिन महरको माग

कांग्रेस नेता नैनसिंह महरले आर्थिक योगदान गर्ने नागरिकलाई राजनीतिक निर्णय प्रक्रियाबाट बाहिर राख्नु राजनीतिक अर्थशास्त्रको दृष्टिले पनि असमानता भएको उल्लेख गरे । ...

कान्तिपुर
सङ्खुवासभा पत्रकार महासंघको अध्यक्ष शाक्यलाई पितृशोक
Latest NewsJust now

सङ्खुवासभा पत्रकार महासंघको अध्यक्ष शाक्यलाई पितृशोक

नवीन गुरूङसङ्खुवासभा, मङ्सिर १० गते । नेपाल पत्रकार महासंघ सङ्खुवासभा शाखाका अध्यक्ष कृष्णराज शाक्यलाई पितृ शोक परेको छ ।खाँदबारी नगरपालिका–१ भानुचौक निवासी शाक्यको स्वर्गीय पिता ज... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement