Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

करेसाबारीको फूलबाट तिहार खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
करेसाबारीको फूलबाट तिहार खर्च
Photo / Coverage: नेपालन्युज

महोत्तरी।तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको जोहो गर्दैछन्। खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री फूलबाट जोहो गर्दैछन्। “यसपालि तिहारका लागि खर्च जुटाउन कतै रकम खोज्नु परेन, आफ्नै करेसाको फूलले राम्रो आम्दानी दियो”, बर्दिबास–७ मनहरिपुरकी गृहिणी वीणा खत्री भन्छिन्, “भाइटीकाका दिन दाजुभाइलाई लगाइने टीका, माला, भाइमसला, मिष्टान्न परिकार र सानोतिनो वस्त्र उपहार पुग्नेगरी रकम पाइयो।” फूलका व्यापारी घरै आएर सुरुमै भुक्तानी दिएर गएपछि तिहारको खर्चका लागि ढुक्क भएको उनको भनाइ छ। खत्री जस्तै भङ्गाहा–४ रामनगरकी शर्मिला पोखरेलले पनि करेसाबारीकै केही बोट फूलबाट राम्रै आय आर्जन गर्न पाइएको बताइन्। “यहीँ हेर्नोस् न, कति होलान र ? त्यही ५०-६० बोट सयपत्रीका होलान्”, करेसाबारीमा ढकमक्क फुलेका सयपत्री फूल देखाउँदै उनले भनिन्, “यहाँका १० बोट आफूले राखीकन दुई हजार रुपैयाँ पाइयो।” तिहार लक्षित फूल लगाउन सके राम्रो आम्दानी हुने बल्ल बुझेको उनको भनाइ छ। आउने वर्ष तिहार लक्षित गरेर सयपत्री फूल खेतीकै रुपमा केही बढाइने पोखरेलको योजना छ। “अहिलेका बोट त व्यवसायिक उद्देश्यले लगाइएका होइनन्, घरको शोभाका लागि रोपिएका हुन्”, उनी भन्छिन्, “तर यिनै बोटले अब चाहिँ केही खेती बढाउन पर्छ भन्ने चेत खोली दिए।” उपयुक्त बेला पारेर फुलाउन सके सयपत्रीले राम्रो आम्दानी दिने विश्वास बढेको उनको भनाइ छ। यस्तै बर्दिबास–३ गौरीडाँडाकी करुणा पाण्डेको करेसाबारीका सयपत्री फूलको व्यापारीले बैना दिएर गएका छन्। आर्जनका दृष्टिले नजोडिएका करेसाबारीका फूलका बोटबाट पर्वको मुखमा पाएको रकमले आँखा खोली दिएको उनी बताउँछिन्। तिहारका बेला निकै माग बढ्ने भए पनि महोत्तरीमा फूलको व्यवसायिक खेती भने फस्टाउन सकेको छैन। तिहार बाहेक वर्षभरि आयोजना हुने धार्मिक अनुष्ठान र सभासमारोहमा अतिथि स्वागत सत्कारमा माला पहिर्‍याउने बाक्लै चलन छ। यी प्रयोजनमा बाहिरबाट ल्याइने फूलमै आश्रित रहिएको बर्दिबास उद्योग वाणिज्य संघका सचिव रिमनाथ अधिकारी बताउँछन्। जिल्लामा तिहार बाहेकका औपचारिक समारोह, धार्मिक अनुष्ठान, विवाहलगायतका समारोहमा मालाको प्रयोगको संस्कृति नै स्थापित छ। तर यहाँको माटो र हावापानी सयपत्री फूलको खेतीलाई उपयुक्त भए पनि किसानले यसबारे खासै चासो नबढाएका कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ। “जिल्लामा पूmल फूलको व्यवसायिक खेती तथ्याङ्कमा समावेश गरिने गरी खासै छैन”, सूचना अधिकारी महतो भन्छन्, “किसानले यसबारे चासो बढाए कार्यालयले सुलभ मूल्यमा उन्नत फूलको बीउ र अन्य हेरचाहसम्मको प्राविधिक समन्वय गर्न सकिन्छ।” यो कम खर्चिलो नगदेखेतीका रुपमा विकास गर्न सकिने उनको ठम्याइ छ। जिल्लामा बलवा नगरपालिकाका बनौटा, धमौरा, पडौलमा थोरथोरै मात्रामा किसानले आठ-१० वर्षदेखि सयपत्री खेती गर्दै आएका छन्। यस बाहेक भङ्गाहा र गौशाला नगरपालिकाका केही बस्तीमा किसानले एकाध कठ्ठामा सयपत्री पूmलको खेती गरेका छन्। महोत्तरीमा यो खेती धेरै नभए पनि यहाँका फूल टाढासम्मका व्यापारीको रोजाइमा भने पर्ने गरेको छ। बनौटा र पडौलतिर उत्पादित फूल जनकपुरका व्यापारीले बारीबाटै उठाएर लैजाने गरेका पडौल बस्तीका राजकिशोर यादव बताउँछन्। केहीकेही फूल खेती गर्दै आएका किसानले राम्रो बीउ र प्राविधिक सल्लाहको सहयोग पाउन सके यो खेती बढाउँदै लान सकिने बताएका छन्। यसैगरी घरशोभाका लागि केही बोट लगाउँदै आएका गृहिणीले पनि राम्रो बीउ र समय समयको प्राविधिक हेरचाह र सल्लाह पाउन सके व्यवसायिक रुपमै फूल खेती गरिने बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट
Latest NewsJust now

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...

लोकपथ
पर्यटकलाई सामाजिक सेवामा जोड्दै ग्रीन सोसाइटी
Latest NewsJust now

पर्यटकलाई सामाजिक सेवामा जोड्दै ग्रीन सोसाइटी

चितवनको पर्यटकीय गन्तव्य सौराहा घुम्न आउने पर्यटकलाई सामाजिक सेवामा समेत जोड्ने अभियान सुरु भएको छ। ग्रीन सोसाइटी नेपालले यो अभियान सञ्चालन गरेको हो।  समाजसेवीद्वय शेरबहादुर परियार र शिरलाल परियारले पर्यटकलाई प्रत्यक्ष सामाजिक सेवामा सहभागी गराउँन गीन सोसाइटी नेपालमार्फत अभियान सञ्चालन गरेका हुन्। उनीहरूले पर्यटकलाई विकट बस्तीमा पुर्‍याएर स्थानीयको अवस्थ... ...

नेपालखबर
सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
Latest NewsJust now

सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

ओखलढुङ्गा। ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरिएको... ...

रातोपाटी
यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल १२८ रनमै अलआउट
Latest NewsJust now

यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल १२८ रनमै अलआउट

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले निराशाजनक ब्याटिङ गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपाल ४२.३ ओभरमा १२८ रनमै अलआउट भयो । भारतले जितका लागि १२९ रनको सामान्य लक्ष्य पाएको छ । नेपालको इनिङ्समा दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । आशिष लुहारले २९ रन जोडे । नेपालका लागि यो प्रतियोगिताको पहिलो खेल हो ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play